Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

कार्यक्षेत्र नबस्ने प्राविधिक कारवाहीमा

ओखलढुङ्गा। पुनःनिर्माणमा खटिएर कार्यक्षेत्रमा नबस्ने जिल्लाका प्राविधिक कारवाहीमा परेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा लाभग्राहीको निजी आवास निर्माणका लागि सहयोग गर्न खटिएका कतिपय प्राविधिक गाउँमा नबसेको गुनासो आएपछि पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले कारवाही शुरु गरिएको हो । यो साता कार्यक्षेत्रमा नबस्ने प्राविधिक पहिचान गरेर स्पष्टिकरण सोधिएको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इञ्जिनियर पीताम्बर पुनले बताए । उनका अनुसार यो साता आधा दर्जन प्राविधिक कारवाहीको दायरामा परेका छन् । प्राप्चामा खटिएका लोकबहादुर ऐर, कुन्तादेवीमा खटिएका करण दास, खिजीकातीमा खटिएका प्रकाशकुमार यादव लगायतका प्राविधिक कारवाहीमा परेका हुन् । गाउँमा नबसेको र फोन गर्दा समेत नउठाएर सम्पर्कविहीन भएको भन्दै २४ घण्टाभित्र स्पष्टिकरण दिन भन्दै पत्र पठाइएको छ । उनीहरुलाई पहिलो चरणमा स्पष्टीकरण सोधिएको र चित्त बुझ्दो जवाफ नआए नियमानुसार कारवाही अघि बढाइने जनाइएको छ । प्राविधिक सङ्गठित जिल्लाका प्राविधिक सङ्गठित भएका छन् । भूकम्पपछिको पुनःनिर्माणमा लाभग्राहीको निजी आवास निर्माणका लागि सहयोगमा खटिएका प्राविधिक सङ्गठित भएका हुन् । ओखलढुङ्गा सदरमुकाममा भएको भेलाले राजेन्द्र धमलाको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा जनक बुढा, सचिवमा दिव्यराज दाहाल, सहसचिवमा चम्पा दाहाल लगायत छन् । पुनःनिर्माणमा खटिएका प्राविधिकको स्वास्थ्य बीमासहितको सेवा सुविधा र हकहितमा आवाज उठाउन समिति गठन गरिएको अध्यक्ष धमलाले बताए । सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमासँग सम्बन्धित सवाललाई सम्बोधन गराउन, पुनःनिर्माणमा प्राधिकरणको मापदण्डअनुसार लाभग्राहीलाई दिने सेवामा एकरुपता ल्याउन, सेवालाई गुणस्तरीय तथा पारदर्शी बनाउन र जिल्लाबाट सम्बोधन गर्न सकिने सेवालाई थप प्रभावकारी बनाउनसमेत समितिले काम गर्ने धमलाको भनाइ छ । “यो समितिले हाम्रा आफ्ना अधिकारका बारेमा पनि खरो भएर लाग्नेछ र भूकम्पपीडितका सवालमा पनि आवाज उठाउने छ, उनले भने ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy