Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

फिलिपिन्समा शक्तिशाली आँधीका कारण १४ को मृत्यु

उत्तरी फिलिपिन्समा शक्तिशाली आँधीका कारण १४ जनाको ज्यान गएको राष्ट्रपतिका सल्लाहकारले बताएका छन्। टाइफुन म्याङ्कुट फिलिपिन्सको मुख्य द्वीप लुजोनबाट प्रवेश गरेको थियो र अब पश्चिम हुँदै चीनतर्फअघि बढिरहेको छ। यो आँधीले धेरै घरका छतहरू उडाएका छन्, रुखहरू ढालेका छन् र ४२ वटा पहिरोसहित ठूलो बाढी निम्त्याएको छ। १ सय ८५ किलोमिटर प्रतिघण्टाको वेगमा अघि बढिरहेको टाइफुन म्याङ्कुटको मार्गमा ५० लाख मानिसहरू रहेका छन् र हजारौं आफ्नो घर छोडेर अन्यत्र गइसकेका छन्। राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सिस टोलेन्टिनोले आँधीका कारण १४ जनाको ज्यान गइसकेको बताएका छन्। पहिरोमा फसेका मानिसहरूलाई मद्दत गर्न खोज्दा दुईजना उद्धारकर्मीको समेत मृत्यु भएको छ। अपुष्ट खबरहरूका अनुसार मनिला हुँदै बग्ने मरिकिना नदीमा एकजना बालिकाको शब भेटिएको छ। बागियो सहरका मेयरले उक्त क्षेत्रमा पाँचजनाको ज्यान गएको बताएका छन् । आफ्नो घर छोडेर आएकाहरूका लागि बनाइएको तटीय नगर अपारीस्थित केन्द्र पनि भत्किएको बताइएको छ भने त्यो क्षेत्रमा फोनको नेटवर्क बन्द छ । लुजोनमा रहेका बीबीसी संवाददाता जनाथन हेडले घर छोडेर विद्यालयमा बसिरहेका करिब २ सय मानिसहरू त्यहाँबाट फेरि अर्को ठाउँमा जान लागेको बताएका छन्। नजिकैको बाँध खोलाको बहाव बढेसँगै भत्किन लाग्दा ती मानिसहरू पुनस् ठाउँ सर्न बाध्य भएका हुन् । यो आँधीले सन् २०१३ मा आएको घातक हायान आँधीलाई सम्झाएको छ जसले ७ हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो । यद्यपि त्यसयता मानिसहरूलाई यस्तो विपदको बेला अन्यत्र सार्ने तयारी प्रक्रियामा भने सुधार आएको छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies