Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

विन्ध्यवासिनी मन्दिरमा करारमा पुजारी नियुक्ति

पोखरा। पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको छ ।दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पुजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पुजारी राखिएको हो । मन्दिरमा दर्शनार्थीले चढाउने सबै दक्षिणा पुजारीले लिने गरेकामा करारमा नियुक्ति भएकाहरूलाई भने तलब दिइने र चढाइएका दान दक्षिणा र उपहार समितिमा आउने भएको छ । समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार मन्दिर निर्माणबारे यकिन तथ्य फेला नपरे पनि विभिन्न प्रमाणसमेतका आधारमा विसं १८४० तिर यसको निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ । प्राप्त प्रमाणका आधारमा मन्दिरको पहिलो पुजारी भगिरथ पाध्या पौडेल हुनुहुन्छ । विसं १९४१ म पाल्पाका चिन्तामणि बाणा मन्दिरमा पूजा गर्न आएपछि पौडेलका सन्तति महिधर पाध्या पौडेलले पुजारीमा आफूहरूको हक दाबी हुनुपर्ने मागसहित मुद्दा हालेपछि कास्कीका तत्कालीन राजाले पौडेल सन्ततिलाई नै पूजाआजाको जिम्मा दिएको पाइन्छ । समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार यस वर्षदेखि परम्परागतरुपमा पूजा गर्दै आएका पुजारीलाई विस्थापन गर्दै करारमा पुजारी नियुक्ति गरिएको हो । उहाँका अनुसार विसं २०७२ कात्तिक २ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भेटीघाटी व्यवस्थापनसम्बन्धी निर्देशिका जारी भएपछि समिति त्यसअनुरुपअघि बढेसँगै पुजारी परिवारका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सो मुद्दामा सर्वोच्चले अन्तरिम आदेश जारी गनुपर्ने नदेखिएको भनेपछि पुजारी समितिसँग वार्तामा आएका थिए । वार्तामा दुवै पक्षबीच करार सेवामा जाने लगायतका आठ बुँदे सहमति भएको र त्यहीअनुरुप यस वर्षदेखि करार सेवामा पुजारी राखिएको समितिले जनाएको छ । मन्दिरमा यसअघि पाँच पुजारीले नियमित पूजाआजा गर्दै आएकामा हाल करारमा नियुक्त दुई जनाले उक्त कार्यलाई निरन्तरता दिएका छन् भने अन्य तीन बिदा भएका छन् । पारिवारिकरुपमा २३५ वर्षसम्म नियमित पूजाआजा गर्दै आएको योगदान समेतलाई दृष्टिगत गरी तीन जनालाई जनही रु नौ÷नौ लाखसहित समितिले बिदा दिइएको हो । बिदा हुने पुजारीमा माधवप्रसाद पौडेल, कृष्णप्रसाद शर्मा र सुशील पौडेल हुनुहुन्छ । समितिले मूल पुजारी रुद्रनाथ पौडेललाई रु ३५ हजार र अर्का पुजारी श्रीराम पौडेललाई रु ३० हजार पारिश्रमिक तोकेको छ । पोखराको इतिहासको साक्षी जस्तै बनेको यस मन्दिर कास्की जिल्लाको मध्यभागमा २७ रोपनी क्षेत्रफलमा फैलिएको छ । मन्दिर वरपरको समथरिलो भू–भागबाट केही उच्च थुम्कामा अवस्थित छ । थुम्कामा रहेका कारण दर्शनार्थीलाई केही सिँढी चढेर उक्लनुपर्ने भएकाले हिँड्न नसक्ने दर्शनार्थीलाई परिवारजनले बोकेर पु¥याउने गरेकामा अब भने लिफ्ट निर्माण गरिने भएको छ । मन्दिरमा दैनिक करिव ४०० देखि चार हजारसम्म दर्शनार्थी आउने गरेका छन् । मन्दिरलाई सुविधा सम्पन्न बनाउने लक्ष्यअनुरुप विभिन्न काम अघि बढिरहेको समितिले जनाएको छ । विन्ध्यवासिनी मन्दिर गुम्बज शैलीमा सेतो रङको अष्टभुजाकार रहेको छ भने गजुरबाट तामाको श्रीबन्दी लतारिएको छ । मन्दिरको चारैतर्फ विसं १८९६ यताका विभिन्न मितिमा राखिएका घण्टा छन् । पित्तलको द्वार अघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिले मन्दिरको शोभा बढाएको छ । मन्दिर वरपर गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचिरञ्जीवीका मन्दिर छन् । मन्दिर परिसरमा समितिले बाटिका बनाएको छ । प्रदक्षिणा पथ निर्माण कार्य जारी छ भने परिसरमा अष्टभुजाकार कुण्डमा साढे चार फिट उचाइको शिवलिङ्ग, पूर्वबाट पश्चिम फर्केका पञ्चधारा, फलैँचा लगायतक संरचना निर्माण गरिएको छ । मन्दिरको मूल प्रवेशद्वार, खानेपानी व्यवस्थापनलगायतका काम अघि बढाउन लागिएको छ । मन्दिर परिसरमै कास्की जिल्लाको ३०० वर्ष पुरानो प्रशासनिक भवन ९माल अड्डा०लाई पुरानै कलात्मक स्वरुपमा पुरातत्व विभागले निर्माण गरिरहेको छ । आश्विन शुक्ल पक्ष, चैत्र शुक्ल पक्ष र महत्वपूर्ण तिथि एवं पर्वका बेला यहाँ भीड लाग्ने गर्छ । यसैबीच समितिले विसं २०६४ देखि आश्विन शुल्क पक्ष ९वडा दशैँ० का अवसरमा सञ्चालन गर्दै आएको नवदुर्गा महोत्सव यस वर्ष आयोजना गर्ने भएको छ । समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्रेष्ठले घटस्थापनादेखि नवमीसम्म श्रीमद्देवी भागवत् ज्ञान महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिए । महोत्सवका अवसरमा विन्ध्यवासिनी गुरुकूलका पूर्वविद्यार्थी युवा पण्डित निजानन्द पौडेलको नेतृत्वमा सङ्गीतमय झाँकीसहितको प्रवचन गरिने जनाइएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy