Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

मलेसियामा अब निजी कम्पनीमार्फत कामदार भित्र्याउने नपाइने

काठमाडौं। मानव तस्करी र ठगी बढेको भन्दै मलेसिया सरकारले निजी कम्पनी तथा एजेन्टमार्फत विदेशी कामदार भित्र्याउने विद्यमान व्यवस्था खारेज गर्ने भएको छ । गृहमन्त्री मुहिद्दिन यासिनले विदेशी कामदार भर्नासम्बन्धी विद्यमान व्यवस्था छिटै हटाउने जानकारी त्यहाँको संसद्लाई गराएका छन् । यो खबर नयाँ पत्रिकामा छ- मन्त्रालयले हाल विदेशी कामदार भित्र्याउन एक सयभन्दा बढी आउटसोर्स कम्पनी र एजेन्टलाई अनुमति दिएको छ । तर, आगामी दिनमा मानव संसाधन मन्त्रालय आफैँले विदेशी कामदार भित्र्याउने तयारी गरिरहेको पनि मन्त्री यासिनले बताए । निजी रोजगार एजेन्सी ९पिइए०को माध्यमबाट मन्त्रालयले आफैँ विदेशी कामदारसम्बन्धी काम गर्ने उनले बताए । विद्यमान नियम तथा कानुनअनुसार नै त्यस्ता एजेन्सीबाट विदेशी कामदारको उचित व्यवस्थापन गर्न सकिने दाबी गृहमन्त्री यासिनको छ । ‘ती कम्पनीहरुले मानव संसाधन मन्त्रालयकै तर्फबाट काम गर्ने छन्,’ बुधबार उनले संसदमा भने, ‘त्यसो गर्दा विदेशी कामदार भित्र्याउने काम सहज हुनेछ र मानव तस्करीलगायतका विक्रृति हट्नेछन् ।’ त्यससँग सम्बन्धित कम्पनीहरूसँग संवाद थालिसकिएको पनि मन्त्री यासिनले बताए । विदेशी कामदारको व्यवस्थापनको विषयमा मानव संसाधन मन्त्रालयसँगको बैठकलगत्तै संसद्मा यासिनले यस्तो बताएका थिए । मलेसिया सरकारको यो तयारीसँगै नेपाली कामदारसमेत लाभान्वित हुनेछन् । हाल नेपाल र मलेसिया दुवैतर्फका आउटसोर्स कम्पनी तथा एजेन्टबाट नेपाली कामदार ठगिँदै आएका छन् । यो अवस्था अन्त्य गर्न भन्दै नेपाल सरकारले हाललाई कामदार मलेसिया पठाउन बन्द गरेको छ भने नयाँ व्यवस्थाका लागि मलेसियाली सरकारसँग वार्ता गरिरहेको छ । नेपाली कामदारले कुनै पनि शुल्क तिर्नु नपर्ने गरी दुई मुलुकबीच सम्झौता हुने श्रम मन्त्रालयले जनाएको छ । श्रम सम्झौता गर्न मलेसियाली मन्त्री आउँदै मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरन नेपाली कामदार लैजाने समझदारीमा हस्ताक्षर गर्न ११ कात्तिकमा नेपाल आउँदै छन् । दुई मुलुकबीच इतिहासमै पहिलोपटक कामदारको विषयमा १२ कात्तिकमा एमओयूमा हस्ताक्षर हुँदै छ । एमओयूको निर्देशनअनुसार प्राविधिक समितिले कामदार लैजाने विषय टुंगो लगाउने श्रम मन्त्रालयले जनाएको छ । एमओयूको मस्यौदामा केही साताअघि मलेसियामै समझदारी जुटेको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending