Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

हिमाल श्रेष्ठले गरे कुखुरापालनमा एक करोड दश लाख लगानी

दमौली। तनहुँ ब्यास नगरपालिका–५ चापाघाट निवासी हिमाल श्रेष्ठले रु एक करोड दश लाख लगानीमा कुखुरापालन व्यवसाय गरेका छन् । विसं २०६९ देखि कुखुरापालन शुरु गरेका उनले हाल दुई वटा फार्ममा छ हजार ५०० वटा कुखुरा पालेका छन् । सो फार्मबाट हाल दैनिक एक हजार छ सय वटा अण्डा बिक्री हुन्छ । प्रारम्भिक चरणमा एक हजार छ सय कुखुराका चल्ला पालेर व्यवसाय थाल्दा श्रेष्ठले रु १७ लाख लगानी गरेका थिए । अहिले लगानी रु एक करोड दश लाख पुगेको छ । “अहिले अण्डा उत्पादन गर्ने कुखुरा बढी उमेरको भएको कारण उत्पादन कम छ,” उनले भने, “बढी अण्डा उत्पादन हुँदा आम्दानी दैनिक रु २५ हजारसम्म पुग्छ ।” एउटै कुखुराले २४ महीनासम्म अण्डा उत्पादन गरेकाले अहिले उत्पादन कम भएको भन्दै श्रेष्ठले अब नयाँ चल्ला थप्ने योजनामा छन् । तनहुँ अण्डा व्यवसायी सङ्घका अध्यक्षसमेत रहेका उनले हाल दमौलीमा मात्रै दैनिक ६५ हजार अण्डाको माग रहेको बताए । जिल्लाभर सात लाख अण्डा उत्पादन गर्ने कुखुरा रहेको छ । तनहुँमै उत्पादित अण्डाले जिल्लाको माग धानिरहेको बताइएको छ । फार्मभित्र राखिएको १५७ वटा डालोबाट दैनिक तीन पटकसम्म अण्डा सङ्कलन गरिन्छ । बाहिरको हल्लाले कुखुरा तर्सिने भएकाले फार्मभित्र भजनसहितको सङ्गीत बजाइने गरिएको छ । २०५९ सालमा दुबई पुगेका उनले १० वर्षसम्म त्यहाँ काम गरे । त्यहाँ कमाई पनि राम्रो थियो तर पैसाले मात्र उनलाई आत्मसन्तुष्टि दिलाएन बरु आफ्नै देशमा फर्केर केही गरौँ भन्ने इच्छा जाग्यो । नेपाल फर्केको तीन/चार महीनासम्म त्यत्तिकै बसेका उनले चितवनमा घुम्न जाँदा साथीहरुले कुखुरापालन गरेको देखेर व्यवसाय थाले । श्रेष्ठले २०५६ सालमा सोही ठाउँमा ग्रिनस्टार बोर्डिङ स्कूल स्थापना गर्नुभएको थियो । विद्यालयमा कक्षा ७ सम्मको पढाइ हुन्थ्यो । सशस्त्र द्वन्द्वका कारण त्यसबेला स्कूल बन्द भएकोले रोजगारीका लागि दुबई पुगेका उलले स्ट्याण्डर्ड चार्टड बैंकमा क्यासियर पदमा जागिर खाने । मासिक तलब दुई लाख थियो । त्यहाँ रहँदा राम्रै पैसा कमाउए र स्वदेशमै फर्केर केही गरौँ भन्ने सोच पनि । “जुन आनन्द विदेशमा थियो त्योभन्दा बढी सन्तुष्टि अहिले यहाँ मिलेको छ,” उनले भने, “परिवारसँगै मिलेर व्यवसाय गर्न पाउँदा त्योभन्दा धेरै सन्तुष्टि अन्त गएर गर्दा हुने रहेनछ ।” श्रेष्ठ दैनिक १५ घण्टा कुखुरा फार्ममा बिताउछन् । कामदार भएपनि बिहान ६ देखि राति ९ बजेसम्म कुखुराको स्याहारसुसारका लागि समय छुट्याउने गरेको उनले बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy