Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

दशौं वर्ष जेलमा बस्दापनि इन्टरनेट यौन गतिविधिको कुलत उस्तै

अमेरिका। अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ । यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा पार्ने ती व्यक्तिले दशौं वर्ष जेलमा बसेपनि त्यस्तै कुकर्म नछाडेको पाइएको छ । सन् २०१२ मा रेकर्ड गरिएको र उटाह राज्यका अधिकारीहरुले हालै सार्वजनिक गरेको विवरणमा मेल्भीन रोल्यान्ड नामका ती व्यक्तिको कथा समेटिएको छ । व्यभिचारमा फसेका मेल्भीनले किशोरी र जोखिममा परेका महिलालाई लोभ्याउने, व्यक्तिगत वा अनलाइनबाट भेटेका महिलालाई चलाखीपूर्वक आफ्नो जालमा पार्ने गरेको प्रहरीको भनाइ छ । तिनै ३७ वर्षीय रोल्यान्डले सोमबार राति वासिङ्टनको पुलम्यान निवासी २१ वर्षीया लरेन म्याक–क्लस्कीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ । लरेनमाथि गोली चलाउने रोल्यान्डले पनि लगत्तै आत्महत्या गरेका थिए । पीडितकी आमा जील म्याक–क्लस्कीले रोल्यान्डले झुटो कुरा बताएर छोरीलाई फसाएको बताइन् । त्यही थाहा पाएर छोरीले एक महिनासम्म चलेको प्रेमसम्बन्ध तोडेकी थिइन् । रोल्यान्डले आफ्नो नाम, उमेर र आपराधिक इतिहास सबै झुटो बताएका थिए । लरेन म्याक–क्लस्कीले त्यसपछि विश्वविद्यालयका प्रहरीसमक्ष यौन प्रताडनाको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । गोलीकाण्ड हुनुअघि लरेनको परिवारले रोल्यान्ड विरुद्ध मुद्दा दर्ता गर्ने तयारी समेत गरिरहेको थियो । उटाहका अधिकारीहरुले सन् २०१० देखि २०१८ सम्मको पृष्ठभूमि विश्लेषण गर्दा रोल्यान्डको व्यवहारमा कुनै परिवर्तन नआएको र महिलासँग नजिक हुन अनलाइनको प्रयोग निरन्तर गरिरहेको बताएका छन् । यसै वर्षको शुरुमा रोल्यान्डले आफू परिवर्तन भइसकेको बयान दिएका थिए । उनले जेलमा रहँदा बनाएको दौंतरी र एक बच्चाका पिताले आफूलाई सहानुभूति दिएको तथा नियम कानुनका बारेमा धेरै सिकेको बताएका थिए । “विगतको भन्दा अहिले मलाई धेरै फरक अनुभूति भएको छ,” रोल्यान्डले भनेका थिए । “म पहिले स्वार्थी, आत्मरतिक व्यक्ति थिएँ । मेरो कथा यत्ति हो ।” दुई महिनापछि रोल्यान्डको वयानका आधारमा उनलाई केहीचाँडो जेलमुक्त गरियो । कम उमेरकी एक बालिकालाई अनलाइनमार्फत प्रलोभनमा पार्ने कोशिश गरेको तथा यौन शोषणको प्रयत्न गरेको आरोपमा दोषी ठहर गर्दै रोल्यान्डलाई सन् २००४ मा जेलमा हालिएको थियो । अनलाइन–आधारित यौन अपराधको अनुसन्धानका क्रममा प्रहरीले रोल्यान्डलाई पक्राउ गरेको थियो । उनको बारेमा छानबिन भइरहेको अवस्थामा एक महिलाले आफूमाथि पनि तिनै रोल्यान्डले यौन आक्रमण गरेको प्रहरी समक्ष वयान दिएकी थिइन् । रोल्यान्डलाई पुनः दोस्रो पटक जेलमा पठाइयो । उनीमाथि यसपटक अश्लिल सामग्री ९पोर्नोग्राफी० राखेको र उपचार ९थेरापी० पूरा नगरेको आरोप लगाइएको थियो । रोल्यान्ड वास्तवमा न्यूयोर्कमा जन्मिएका र एक वृद्ध जोडीले उनलाई धर्मपुत्र राखेका थिए, तर सानै उमेर छँदा ती वृद्ध दम्पतीको मृत्यु भएको थियो । त्यसपछि उनलाई सरकारी आवासमा पठाइयो र कोलोराडोको एक आवासीय स्कुलमा भर्ना गरियो । उनले त्यहाँबाट माध्यमिक तहको पढाइ पूरा गरेका थिए । उनले क्यालिफोर्नियाको बर्कलेस्थित बुद्धिस्ट इन्स्टिच्यूटमा पनि केही समय बिताए । जब्स कप्र्समा काम गरेका उनले साल्ट लेक कम्युनिटी कलेजमा कक्षा पनि लिए । फेब्रुअरीमा प्रहरी समक्ष दिएको वयानमा रोल्यान्डले आफू उटाह विश्वविद्यालयमा स्वास्थ्य विषयमा अध्ययनरत रहेको बताएका थिए । तर, उनी सन् २००३–२००४ मा दुई सेमेस्टर मात्र यस विश्वविद्यालयमा पढेका थिए । रोल्यान्डले आफू चिकित्सक बन्ने सोचमा रहेको बताएका थिए, तर आफ्नो जीवन “इन्टरनेटमा आधारित यौन गतिविधि” ले बर्बाद बनाएको उनले स्वीकारेका छन् । “कमजोर सोचाई” ले आफूलाई जेलमा पटकपटक लगेकामा उनी आफैंलाई दोष दिन्थे । उनको सम्भावित हिंसात्मक व्यवहारका बारेमा सरकारी अधिकारीहरु जानकार भएपनि सुध्रिने मौका दिइएको थियो । कैंयौं खुला सुनुवाईका क्रममा केही अधिकारीले रोल्यान्डको व्यवहारमाथि प्रश्न गरेका थिए । उनीहरुले रोल्यान्डले पूर्ण उपचार गर्न नसक्ने र समस्याबाट बाहिर उम्कने कठिन हुने बताएका थिए । सुनुवाइ गर्ने एक अधिकृत पेगीन स्टेवार्टले सन् २०१६ मा भएको यस्तै सुनुवाईमा पनि रोल्यान्डले स्त्रीमाथि गरिने व्यवहारमा कुनै फरक ल्याउन नसकेको बताइन् । रोल्यान्डले जेलका एक कर्मचारीको मद्दत लिएर इन्टरनेटको पहुँच हासिल गरेका थिए । उनको कुत्सित व्यवहारका कारण जेलभित्रै उपलब्ध कतिपय कार्यक्रममा उनलाई सहभागी गराइएको थिएन । एउटा घटनामा, रोल्यान्डले जेलबाट छुटेकी एक महिलालाई पत्र लेख्दै जेल बाहिरको सडकमा फरक किसिमका लुगा लगाएर देखापर्न आग्रह गरेका थिए, स्टेवार्टले भनिन् । हत्या गरिएकी म्याक–क्लस्कीको सम्झनामा विश्वविद्यालयका सयौं विद्यार्थीले पुष्पगुच्छा अर्पण गर्नुका साथै मैनवत्ती बालेका थिए । विश्वविद्यालयको झण्डालाई पनि आधा झुकाइएको थियो । एथ्लेटिक्स खेलाडी समेत रहेकी सञ्चार विषय अध्ययनरत म्याक–क्लस्कीको सम्झनामा ट्राक एन्ड फिल्ड खेलाडीलाई प्रोत्साहन गर्न छात्रवृत्ति स्थापना गर्न रकम सङ्कलन गरिएको छ । “उनी अत्यन्तै योग्य, इमान्दार थिइन्, हामीले वास्तवमै एक असल साथी गुमाएका छौं,” विडलले भन्नुभयो । उटाह फुटबल टिमले समेत यस साता म्याक–क्लस्कीको सम्झनामा हातमा कालोपट्टी बाँधेर खेल्ने जनाएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending