Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

दुर्गम विद्यालयका सहारा बन्दै ‘टिच फर नेपाल’

काठमाडौँ। शैक्षिक अवस्था सुधारको अभियानमा जुटेका ‘टिच फर नेपाल’ दुर्गमका सामुदायिक विद्यालयको सहारा बन्दै आएको छ । शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गरी शुरु भएको ‘टिच फर नेपाल’ अभियान अहिले सिन्धुपाल्चोक, धनुषा र ललितपुरका सामुदायिक विद्यालयमा लागू भएको छ । यो अभियान लागू भएका विद्यालयमा मुख्य विषयको नतिजामा सुधार आएको देखिएको छ । अभियानअन्तर्गत संस्थाले सिन्धुपाल्चोक, धनुषा र ललितपुरका विभिन्न दुर्गम स्थानका विद्यालयमा कमजोर नजिता आउने गणित, विज्ञान र अङ्ग्रेजी विषय निःशुल्क रुपमा पढाउँदै आएको छ । शिक्षाको अवस्था सन्तोषजनक नभएका विभिन्न ग्रामीण भेगका सामुदायिक विद्यालयमा कम्तीमा पनि स्नातक तह उत्तीर्ण युवालाई स्वयंसेवकका रुपमा पठाउने र त्यसले पारेको प्रभावको अनुगमन गर्ने गरेको संस्थाले जनाएको छ । हालसम्म ८६ जना स्वयंसेवक शिक्षकमार्फत संस्थाले तीन जिल्लाका सात हजार विद्यार्थीलाई अध्यापन गराइरहेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ स्थित इन्द्रश्वरी उच्च माविका प्राचार्य राधाकृष्ण श्रेष्ठले संस्थाले शिक्षणमा प्रयोग गरिएको नयाँ विधि र विद्यालय समयअघि र पछि लिइने अतिरिक्त कक्षाको प्रभावले विद्यालयको नतिजा सुधार हुँदै आएको बताए । “शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न सङ्घ संस्थासँगको सहकार्य र समन्वयमा विद्यालयले कक्षाकोठाका अतिरिक्त अन्य परियोजना सञ्चालन गरिरहेको छ, यस कार्यले कक्षाकोठामा मात्र नभई समुदाय र अभिभावकमा समेत सकारात्मक सन्देश प्रवाह भएको छ”, उनले भने । प्राचार्य श्रेष्ठले भने, “ शिक्षणमा प्रयोग गरिएको नयाँ विधिले कक्षामा निकै कम सक्रिय, पढाइमा कमजोर, बोल्न लजाउने विद्यार्थीका लागि अत्यन्त उपयोगी भएको पाइएको छ ।” ललितपुरका स्रोत व्यक्ति ढकबहादुर कार्कीले स्वयंसेवक शिक्षकको पढाइमा पास र फेलभन्दा पनि विद्यार्थीलाई कस्तो महसुस भइरहेको छ, त्यो बुझ्न खोज्नुहुन्छ भन्दै यसले विद्यार्थी र शिक्षकबीच वास्तविक अर्थपूर्ण सम्बन्ध कायम हुन्छ र विद्यार्थीलाई बुझ्न सजिलो हुने बताए । “अहिले प्रशिक्षार्थीले माध्यमिक तहमा राम्रो काम गरिरहेका छन्, यदि प्राथमिक तहमा पनि यसैगरी पढाउन लगाउने हो भने शैक्षिकस्तर अझै माथि उकासिन्थ्यो”, उनले भने । शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा ‘टिच फर नेपाल’ अभियान २०७० साल वैशाखदेखि सञ्चालनमा छ । यस अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट कम्तीमा स्नातक सकेका तथा सामाजिक परिवर्तनमा सामेल हुन प्रतिबद्ध अब्बल युवालाई छनोट गरी छ हप्ताको तयारी तालीमपश्चात् स्वयंसेवी शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । यी युवाले अङ्ग्रेजी, गणित र विज्ञान विषयमा अध्यापन गर्दै आएका छन् । टिच फर नेपाल शैक्षिकरुपमा अब्बल नेतृत्वदायी भूमिकामा काम गरिरहेका र सामाजिक परिवर्तनप्रति दृढ इच्छाशक्ति भएको युवाको अभियान हो । यस अभियानअन्तर्गत उनीहरु दुई वर्ष कक्षाकोठामा प्रत्यक्षरुपमा काम गरेर दीर्घकालीन रुपमा संरचनागत परिवर्तन हुने विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा हुनेछन् । टिच फर नेपालका प्रशिक्षार्थीले कक्षाकोठामा पढाउनुका अलावा प्रशस्त अतिरिक्त क्रियाकलाप गराउने गर्दछ । पछिल्लो चार वर्षको अनुभव उत्कृष्ट र प्रतिबद्ध युवाको जमातले दुई वर्षको अवधिमा पनि विद्यालय र समुदायमा आशा लाग्दा परिवर्तन गर्न सकिन्छ भन्ने देखिएको टिच फर नेपालका कार्यकारी अधिकृत शिशिर खनालले बताए । बैंकर अनिलकेशरी शाह, नेपाली काङ्ग्रेसका युवा नेता गगन थापा, डा केदारभक्त माथेमा, सञ्चारकर्मी किरण नेपाल, डा मनप्रसाद वाग्ले, रामेश्वर खनाल, व्यवसायी शेखर गोल्छालगायतले यो अभियानको शुरुआत २०७० सालमा गरेका थिए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending