कार्तिक १७ गते, २०७५ शनिवार 3rd November, 2018 Sat११:५२:३८ मा प्रकाशित
जुम्ला।सुन्दा अचम्म लाग्न सक्छ तर जुम्लामा निर्माण शुरु गरिएको एक शताब्दीपछि मात्र एउटा कुलो निर्माण भएको पाइएको छ । साविकको कुडारी गाविस ४, ५, ६ र ७ वडा जोड्ने, हालको तिला गाउँपालिका–४ जुम्लाको झारखेत सिँचाइ कुलो निर्माण कार्य शुरु भएको एक शताब्दीभन्दा बढी अवधि लगाएर निर्माण भएको पाइएको हो ।
विसं १९६० मा निर्माण शुरु गरिएको उक्त कुलो १०३ वर्षाको अवधिमा सम्पन्न भएको झारखेत सिँचाइ कुलो निर्माण समितिका अध्यक्ष वीरबहादुर सिंहले राससलाई बताए । “विसं १९६० मा साइमल शाही राजाले कुलो निर्माण शुरु गरेका थिए” उनले भने, “केही भाग खने पनि सबैभन्दा जटिल भाग ‘धादुन’ को भीर निर्माण शुरु भएको १०३ वर्षपछि मात्र काटेर अघि बढ्न सकियो ।”
उनले अगाडि भने, “१९७० सालमा यहाँका रणवीर शाहीले दाङका खन्याल जातिलाई ल्याएर कुलो निर्माणको प्रयास गरेका थिए भने १९८० सालमा ठेणेनाथ, पृथ्वीनाथ योगीले कुलो खन्न गरेको प्रयास सफल हुन सकेन ।”
विसं।ं २०४०÷४५ मा रावतवाडा गाउँका मोतीलालनाथ, दलनाथ, खाम्मनाथ, रामनाथ योगीले प्रयास गरे पनि ‘धादुन’ को अप्ठ्यारो भीर कटाउन नसकेको उनले बताए । “हामीले विसं २०५३ देखि २०६३ सम्म श्रमदान ग¥यौँ” सिंहले भने, “अप्ठ्यारो भीर काटेर बल्ला कुलो निर्माण गर्न सफल भयौँ ।”
उनले आफ्नो नेतृत्वमा साँपुल्ली गाउँका जङ्गु शाही, शेरबहादुर, दलबहादुर, हरिबहादुर, हंशबहादुर, दलवीर, नन्दबहादुर, मानसिंह, प्रदीप, नरवीर, गोर्ख, चक्रबहादुर शाही, मोहन हमाल र रावतवाडा गाउँका गम्भीरनाथ, पृथीमलनाथ, गङ्गानाथ, धनवीरनाथ, लालचन्द्रनाथ, धननाजे, परेनाथ, हंशनाथ, गोरेनाथ योगी, फागुने गिरी, आदिचन्द्र चौलागार्इं, नन्दकृष्ण उपाध्याय र लक्ष्मीप्रसाद चौलागार्इंको सहयोगमा निरन्तर १० वर्ष श्रमदान गरी कुलो निर्माण गरिएको बताए ।
अध्यक्ष सिंह भन्छन्, “सो कुलोमा ३२ हजार जनाको श्रमदान परेको छ । रु एक करोड १२ हजार बराबरको श्रमदानबाट कुलो निर्माण हुन सक्यो ।” उनका अनुसार ४०० मुरी जमीन सिँचाइ हुने गरी बनेको चार किमी कुलोबाट हाल करीब ३५१ घरधुरीले लाभ लिँदै आएका छन् ।
श्रमदानमा बनेको कुलो बजेट आउँदा विवादित
कुलो निर्माण अवधिमा नेपालमा सशस्त्र विद्रोह चलिरहेको थियो । काम गर्ने सहज वातावरण थिएन । विद्रोही पक्षभन्दा सरकारी पक्षबाट ठूलो डर हुन्थ्यो । धेरै दिन काम अवरुद्ध भएपनि कुलो निर्माणमा भने कसैको विमति नभएको अध्यक्ष सिंहले बताए ।
समितिका सदस्य हंशबहादुर शाही भन्छन्, “निर्माण कार्यमा विद्रोही पक्षले समेत साथ दियो । सरकारी पक्षको उपस्थिति हुने सहज अवस्था थिएन । १० वर्षसम्म निःशुल्क कुलो निर्माण हुँदा हरेकले स्वतःस्फूर्त काम गरे । एकअर्काको सहयोगी बने । सामूहिक जोश पनि त्यत्तिकै रह्यो । घन, बेल्चा, सब्बल, गैँती र कोदालीको साहरामा भीर, पाखापखेराहरु भत्काइयो ।”
स्थानीय दलबीर शाही १० वर्ष लामो समयसम्म सबैले एकजिुट भएर काम गरेकोे बताउनुहुन्छ । रोटी र पानी खाएर बडो रमाइलोका साथ साँपुल्ली र रावतवाडा गाउँवासीले श्रमदान गरेका थिए । सामूहिक एकता र बलले मात्र त्यो जटिल काम पनि सहजै सम्पन्न गर्न सकिएको उनले बताए ।
विसं २०६४ मा वल्र्डभिजन क्षेत्र विकास कार्यक्रम जुम्लाबाट कुलोको कमसल स्थानमा सिमेण्ट लगाउन नगद र जिन्सी गरी रु १४ लाख बजेट आयो । बजेट आउँदा श्रमदान गर्ने दुवै गाउँवासी कुलो पक्की बनाउन पाइने कुराले खुशी भए । काम पनि गरे । ज्याला वितरणको समयमा भने विवाद आउँदा केही असजिलो भएको थियो ।
कुलो निर्माणमा बजेट खर्च अपारदर्शी भएपछि विवाद शुरु भएको समितिका अध्यक्ष सिंहले बताए । उनी भन्छन्, “म अध्यक्ष छँदै समितिका जिम्मेवार पदाधिकारीबाट रकम तलमाथि भयो । प्रष्ट हुन खोज्दा विवाद शुरु भएपछि म त्यहाँबाट बाहिरिए ।”
“कसैले काट्न नसकेको पहाड छिनालेर हामीले कुलो अघि त बढायौँ, तर यो लक्ष्यविन्दुमा पुगेको छैन”, अध्यक्ष सिंहले भने, “बाँध बाधेको नुवाकोट गाउँदेखि रावतवाडा हुँदै साँपुल्ली गाउँको बालु कुनासम्मको छ किलोमिटर कुलो निर्माण गर्ने लक्ष्य पूरा भएको छैन, त्यसलाई पूरा नगरेसम्म कुलो पूर्णरुपमा सम्पन्न भएको मान्न सकिंदैन ।” रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: