Ntc summer Offer
Khabar Dabali १६ मंसिर २०८१ आईतवार | 1st December, 2024 Sun
Investment bank

२ सय सामूहिक चिहान भेटियो, एउटै चिहानमा हजारौंको शव

इराक। इराकमा लामो समयदेखि इश्लामिक स्टेट (आइएस) समूहको नियन्त्रणमा रहेको क्षेत्रमा २०० भन्दा बढी सामूहिक चिहान भेटिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनेको छ । आइएसले हालैका दिनमा छोडेको भूभागमा २०२ सामुहिक चिहान भेटिएको र उक्त स्थानमा हजारौँ इराकीका मृत शरीर गाडिएको अवस्थामा भेटिएको इराकका लागि राष्ट्रसंघीय सहयोग मिसन ९यूएनएएमआई० तथा राष्ट्रसङ्घ मानव अधिकार कार्यालयद्वारा तयार पारिएको प्रतिवेदनमा छ । इराकको नाइनएभे, किर्कुक, सलाहुद्दिन र अनबरलगायत इराकका उत्तरी र पश्चिमी क्षेत्रमा ती चिहान भेटेको राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले जनाएको छ । पश्चिम मोसुलमा रहेको सबैभन्दा सानो चिहानमा करिब एक दर्जन मृत शरीर भेटिएको छ भने सबैभन्दा ठूलो सोही क्षेत्रको खास्फा सिनखोलेमा झण्डै एक हजार मृत शरीर रहेको प्रतिवेदनमा छ । उक्त स्थानहरूबाट संकलन गरिएका तथ्यहरू अनुसन्धान तथा दोषीलाई अन्तर्राष्ट्रिय प्रक्रिया अनुसार कानूनी कारबाही गर्नका लागि विश्वसनीय आधार बन्नसक्ने प्रतिवेदनमा छ । आइएसले सन् २०१४ मा इराकको दोस्रो ठूलो शहर मोसुल अन्य ठूलो क्षेत्रलाई अधिनमा लिन सफल भएको थियो । उनीहरूले इराकमा योजनावद्ध हिंसा फैलाएको र उक्त क्रममा अन्तर्राष्ट्रिय मानव अधिकार कानून तथा ऐनको उल्लङ्घन गरेको र यसका लागि उनीहरूले युद्धअपराध मुद्दाको सामना गर्नुपर्ने प्रतिवेदनमा छ ।इराकले विद्रोहीको नियन्त्रणबाट सम्पूर्ण भूभाग सन् २०१७ को डिसेम्बर ९ मा फिर्ता गर्न सफल भएको थियो । त्यसपछि भएका खोजीका क्रममा ती सामूहिक चिहान भेटिएका हुन् । सिन्ह्वा
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy