Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

हतियारधारीद्वारा अपहरित ७९ विद्यार्थी सकुशल रिहा

याउन्डे। क्यामरुनमा हतियारधारीद्वारा अपहरित ७९ जना विद्यार्थीलाई नियन्त्रणमुक्त गरिएको छ । गत सोमबार अपहरित उनीहरुलाई सकुशल नियन्त्रण मुक्त गरिएको क्यामरुनका सञ्चार मन्त्रीले बुधबार एएफपीलाई जानकारी दिए । अपहरण मुक्त भएकाको बारेमा विस्तृत विवरण भने अहिले दिइएको छैन । फ्रान्स भाषीको बाहुल्यता रहेको देशको अंग्रेजी भाषीको बाहुल्यता रहेको ठाउँबाट उनीहरुलाई अपहरण गरिएको हो । उक्त क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन् । विद्यालय सञ्चालन भइरहेको समय विद्रोहीको एक सशस्त्र समूह पे्रस्बिटरियन माध्यमिक विद्यालय, वामेडामा प्रबेश गरी विद्यालयका प्रिन्सिपल, एक शिक्षक र बस चालकलाइसमेत विद्यार्थीसँगै लगेको थियो । उक्त क्षेत्र क्यामरूनको उत्तरपश्चिममा पर्छ । क्यामरूनमा हुँदै आएको १३ महिने अशान्तिका कारण भएको यो अपहरणको घटना अहिलेसम्मकै ठूलो भएको बताइएको छ । क्यामरूनमा विगत ३५ बर्षदेखि राजनीतिक नेतृत्वमा रहेका ८५ बर्षीय राष्ट्रपति पाउल बियाले गत अक्टोबरमा भएको निर्वाचनबाट सातौँ कार्यकालका लागि चुनिएको केही समयमा नै यो घटना भएको हो । यद्यपि निर्वाचन परिणाप्रति विपक्षीले धाँधली भएको बताउँदै असन्तुष्टी जनाउँदै आएका छन् । निर्वाचनमा बियाले ७१.३ प्रतिशत मत प्राप्त गरी जितेको दावी गरिएपनि निर्वाचनमा सरकारी अधिकारीले नै हुलदङ्गा मच्चाएर निम्न सङ्ख्यामा सहभागिता भएको विपक्षीको आरोप राष्ट्रपतिमाथि छ । क्यामरूनमा दुई करोड २० लाख अङ्ग्रेजी भाषी नागरिक छन् र अल्पसङ्ख्यक उनीहरू आफ्नो भू–भागलाई स्वतन्त्र गरिनुपर्ने बताउँदै आएका छन् । विश्व युद्धपूर्व क्यामरून जर्मनीको कोलोनीका रूपमा रहेकोमा विश्वयुद्धपछि बेलायत र जर्मनीको अधिनमा गएको थियो । सन् २०१६ मा स्वतन्त्रताका लागि आवाज उठाएपनि अंग्रेजी भाषीलाई बियाले राज्यशक्तिको बलमा दबाएका थिए । सन् २०१७ को अक्टोबर १ मा एङ्लोफोन समुदायले देशको उत्तरपश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रलाई अम्बाजोनिया गणतन्त्रका रूपमा घोषणा गरेका थिए तर यसलाई कुनै पनि राष्ट्रले मान्यता दिएको छैन । क्यारूनमा भएका हिंसात्मक आन्दोलनमा परी ४०० नागरिकको मृत्यु भएको छ भने १७५ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies