Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

घरघरमा खानेपानी सुविधा पुगेपछि स्थानीयवासीमा खुशियाली

पाल्पा । बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी खोजेर जीविका चलाएका सिलुवा माथिल्लोथरका स्थानीयवासी अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् । वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य यहाँका स्थानीयवासीलाई बिहान उठेपछि अरु कामकाजभन्दा खानेपानीको जोहो गर्ने कुरामा निकै पिरलो पर्ने गथ्र्यो । पूर्वखोला गाउँपालिका–१ सिलुवाको माथिल्लोथरका स्थानीयवासीले लिफ्टिङ प्रणालीबाट सहजरुपमा खानेपानीको उपभोग गर्न पाएका हुन् । घरघरमा जडान गरिएका धारामा पानी आएको देख्दा यहाँका स्थानीयवासी आफैँ दङ्ग परेका छन् । खानेपानीका लागि निकै समस्या झेल्दै आएका स्थानीयवासीको अथक प्रयास र मेहनतपछि घर घरमा पानी आउन थालेको हो । खानेपानी तथा सरसफाइ कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पुगेको छ । बिहान झिसमिसे उज्यालोमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या सधाका लागि हटेको स्थानीयवासी प्रेमकुमारी हिस्की बताउनुहुन्छ । “बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने बाध्यता, अहिले त घरमै धारा जडान छ, जतिबेला पनि पानी आइरहन्छ, पानी बोक्नमै घण्टौँ समय खर्चनुपथ्यो, अहिले त्यो समय अन्यत्र कामकाजमा लगाउन पाइएको छ”, उनले भने । जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत यहाँका ६० घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । यस आयोजनाबाट करीब ३०० लाभान्वित भएका छन् । गाउँदेखि झण्डै चार हजार मिटर तलबाट लिफ्टिङ गरी घरघरमा आयोजनामार्फत पानी वितरण गरिएको हो । आयोजनाअन्तर्गत २० घनमिटरको दुई वटा ट्याङ्की निर्माण गरी जसबाट ४९ वटा धारा घरघरमा जडान भइसकेको छ । नेपाल सरकारको रु ४२ लाख, स्थानीयवासीको जनश्रमदान रु ११ लाख गरी ५३ लाख बराबरको लागतमा आयोजना सम्पन्न भएको जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनाका संयोजक मानबहादुर बयम्बु बताउनुहुन्छ । २०७०र/०७१ बाट आयोजना निर्माणको कार्य थालनी भई घरघरमा जडान गरिएका धारामा पानी आउन थालेपछि यहाँका स्थानीयवासीमा खुशियाली छाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending