Ntc summer Offer
Khabar Dabali २५ कार्तिक २०८१ आईतवार | 10th November, 2024 Sun
Investment bank

तौल र मूल्यमा एकरूपता नहुँदा उपभोक्ता ठगिए

म्याग्दी । जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् । चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य लिने र उपभोक्ताले गुनासो गर्ने ठाउँ नहुँदा आफूहरु ठगिएको गुनासो उपभोक्ताले गरेका छन् । ‘पसलमा न मूल्यसूची टाँसिएको छ न सम्बन्धित निकायबाट नै अनुगमन हुने गरेको छ’ बेनी बजारको एक पसलमा भाइटीकाका लागि सामान किन्दै गरेकी बेनपा–४ की राधा पौडेलले भने, ‘पसलेले जति भन्छन्, त्यतिनै मूल्य तिर्नुपर्ने बाध्यता छ ।’ पसलमा मूल्य सूची नटाँस्ने र सम्बन्धित निकायले कडाइका साथ बजार अगुगमन नगरेका कारण उपभोक्ता ठगिने गरेका हुन् । बजारमा एकातिर मूल्यमा उपभोक्ता ठगिएका छन् भने अर्कोतिर वस्तुको गुणस्तर र तौलमा पनि ठगिँदै आएको उपभोक्ता बताउँछन् । जिल्लाको बेनी, गलेश्वर, तातोपानी, बावियाचौर, दरवाङलगायत अन्य स्थानीय बजारका पसलमा मूल्यसूची टाँसेको देखिदैन । बिक्रेताले वस्तुको मूल्य जति भन्छन् उपभोक्ताले उति नै तिर्न बाध्य छन् । कुन वस्तुको मूल्य कति भन्ने जानकारी नहुँदा उपभोक्ता ठगिएका हुन् । बजारमा पसलैपिच्छे सामानको दर समेत फरक÷फरक रहेको उपभोक्ताको गुनासो छ । यसैगरी अखाद्य वस्तुको मिसावट, कम तौल, कम गुणस्तर भएका वस्तुबाट पनि उपभोक्ता ठगिएका छन् । ग्रामीण भेगका कतिपय पसल विना दर्ता सञ्चालन भइरहेका छन् भने किराना पसलमा घरेलु मदिराको समेत निर्वाध रूपमा बिक्री वितरण भइरहेको स्थानीयवासी बताउँछन् । बेनीबजारको पसलमा पाइने मलखाद, जीरा, धनिया, तोरीको तेल, मैदाजस्ता वस्तुमा अन्य विभिन्न वस्तुको मिसावटका साथै तौलमा पनि कमी पाइएको उपभोक्ताको आरोप छ । सरकारी निकायबाट नियमित बजार अनुगमन नभएका कारण उपभोक्ता ठगिन बाध्य बनेको उपभोक्ताको गुनासो छ । चिनी, चियापत्ती, नुन, दाल, चिउरालगायत अन्य दैनिक उपभोग्य सामान पसलैपिच्छे भाउ फरक रहेको उनीहरूको भनार्इ छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले भने समय–समयमा पसल अनुगमन गर्ने गरेको र दर्ता नगरी सञ्चालन भएका, म्याद नाघेका वस्तु राखेको पाइएको र कालोबजारी गर्ने गरेका पसल सञ्चालकलाई कारवाही गर्ने गरेको जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy