Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

यमनमा हिँसा, २४ घण्टाभित्र एक सय ५० को मृत्यु

साना। यमनको तटवर्ती सहर होदैदामा भड्किएको हिंसामा २४ घण्टा भित्रमा कम्तिमा पनि १५० जनाको ज्यान गएको छ । लामो समयदेखि गृहयुद्धको चपेटामा रहेको यमनमा सरकार समर्थित सेना र हुती विद्रोहीहरूबीच संघर्ष चलिरहेको छ । त्यहाँको सरकारी सेनालाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाको सहयोग रहेको छ । एक जना बेलायती शीर्ष कूटनीतिज्ञले अन्तर्राष्ट्रिय समुदायलाई युद्ध-विरामका लागि हस्तक्षेप गर्न अपिल गरेका छन् । हेदौदा लाल सागरको किनारमा अवस्थित क्षेत्र हो जहाँ यमनको लगभग १ करोड ४० लाख जनसंख्या बसोबास गर्दछ । युद्धका कारण यहाँ भोकमरीको खतरा उत्पन्न भएको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन् । उता युद्धविरामबारे बोल्दै साउदी गठबन्धनका प्रवक्ताले आफूहरूको अभियान जारी रहेको र अफ्नो उद्देश्य विद्रोहीहरूलाई वार्ताका लागि दबाब दिनु रहेको बताएका छन् । जुनसुकै हालतमा पनि युद्ध रोकिनुपर्ने: संयुक्त राष्ट्र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले होदैदा नष्ट भए स्थिति झनै खराब हुने बताएका छन् । उनले युद्ध कुनै पनि हालतमा रोकिनुपर्ने र यसका लागि राजनैतिक प्रयास सुरु भैसकेको बताए । सरकार समर्थित सेनाका अनुसार होदैदामा सुरु भएको कारवाही पछि विद्रोही सेना पछि हटेको छ । उक्त क्षेत्र २०१४ देखि हुती विद्रोहीहरूको कब्जामा रहेको छ । उता हुती विद्रोहीहरूले जारी गरिएको सन्देशमा आफूहरूले नै सरकारी सेनालाई होदैदामा आक्रमणको लागि उक्साएको बताएका छन् । सडक नै रणभूमि बन्ने खतरा सरकारी सेनालाई होदैदा पुग्न ११ दिनसम्म युद्ध लड्नु परेको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार विद्रोहीहरू घरका छानाहरूबाट गोलीबारी गर्दैछन् । सेना सहर पसिसकेपछि सडकहरू युद्धभुमिमा परिणत हुने खतरा र रहेको बताइएको छ । हुतीहरूले उत्तरी यमनमा २००४ देखि विद्रोह गरिरहेका छन् । इरानको समर्थन पाएका हुतीहरू २०१५ देखि गृहयुद्धको स्थिति रहेको छ । संयुक्त राष्ट्रसंघले यमनका राष्ट्रपति अब्द्राबुह मन्सुर हादीलाई मान्यता दिएको छ हुती नेतृत्वको सुप्रिम पोलिटिकल काउन्सिल यसको विरोधमा उत्रिएको छ । हुती नेता हुसैन बद्रेद्दीन अल हुतीका लागि ५५ हजार डलरको पुरस्कार समेत राखिएको छ । तीन वर्ष लामो गृहयुद्धमा १० हजार बढीको ज्यान गैसकेको छ । एजेन्सी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending