Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

कोलम्बो प्रोसेसः संयुक्त नेतृत्व र साझा जिम्मेवारी आवश्यक

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले ‘कोलम्बो प्रोसेस’को उद्देश्य हासिल गर्न सदस्य मुलुकले संयुक्त नेतृत्व र साझा जिम्मेवारीलाई निरन्तता दिनुपर्ने आवश्यकता औँल्याएका छन् । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रूपमा रहेको ‘कोलम्बो प्रोसेस’ को आज छैटौँ मन्त्रिस्तरीय परामर्श बैठकको अध्यक्षता गर्दै उनले प्रोसेसको भावना र उद्देश्यअनुरूप गन्तव्य मुलुकसँग नेपालले समझदारी गर्ने प्रयास अघि बढाएको बताए । उनले आगामी दिनमा यस्ता प्रयासलाई अझ उन्नत र तीव्रस्तरमा लैजाने दृढतासमेत व्यक्त गरे । विगतको समीक्षा गर्दै आगामी मार्गचित्र तय गर्नुपर्ने अवस्था सिर्जित भएको उल्लेख गर्दै उनले साझा उद्देश्यप्रतिको प्रतिबद्धताबाट नै सशक्त क्षेत्रीय परामर्श संयन्त्रका रूपमा प्रोसेसले आफ्नो पहिचान बनाउन र वैदेशिक रोजगारीमा जाने श्रमिकका जीवनस्तरमा सुधार ल्याउन सकिने बताए । मन्त्री विष्टले प्रोसेसको सदस्यका रूपमा नेपालले हासिल गरेका साझा अनुभवले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्ने सामथ्र्य बढाएको बताए । उनले भने, “ती चुनौती सामना गर्न सामूहिक प्रतिबद्धताले सदस्य मुलुकलाई वर्तमान अवस्थामा पु¥याएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले ठूलो खर्च व्यहोर्नुपर्ने तथा एउटा कामका लागि सम्झौता गरी अर्कै काम गर्नुपर्ने अवस्थाको अन्त्य एवं श्रमिकको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्न सामूहिक प्रयत्नले मात्र सम्भव छ ।” द्विपक्षीय श्रम सम्झौतामा न्यूनतम ज्याला उल्लेख हुनुपर्ने, दोहोरो हवाई टिकट, स्वास्थ्य परीक्षण, कामदार भर्नाका क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले ब्यहोर्नुपर्ने बताउँदै उनले भने, “बीमा तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्नेलगायतका अन्तर्राष्ट्रिय श्रम कानून, श्रमिक अधिकारसम्बन्धी प्रावधान प्रष्टरुपमा उल्लेख हुनु जरुरी छ ।” मन्त्री विष्टले आप्रवासी श्रमिकका हकहित र अधिकारलाई स्थापित गर्दै गन्तव्य मुलुकसँग आपसी समझदारी कायम गर्न सकेमात्र सरोकारवालाको हित अभिवृद्धि हुने प्रष्टयाउँदै वैदेशिक रोजगारीमा जाने लाखौँ श्रमिकको पक्षमा अन्तर्राष्ट्रिय श्रम आप्रवासनलाई व्यवस्थित गर्न सकिने बताए । महिला, घरेलु तथा अदक्ष श्रमिकमाथि हुने जोखिम न्यूनीकरण गर्न सदस्य मुलुकले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । आप्रवासनले उद्गम र गन्तव्य विकासलाई प्रभावित पार्ने बताउँदै उहाँले सदस्य मुलुकका सामूहिक पहलले श्रम आप्रवासनलाई व्यवस्थित बनाउन थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, “वर्तमान परिदृश्यमा प्रोसेसको साझेदारी सिद्धान्तमा आधारित भई समयबद्ध तथा नतीजामुखी कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्न वातावरण सिर्जना गर्ने मैले महसुस गरेको छु ।” वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाइनु विश्व समुदायको साझा सरोकारको विषय रहेको दोहो¥याउँदै उनले श्रम आप्रवासन क्षेत्रलाई अझ व्यवस्थित गर्ने गरी संयुक्त प्रयास अघि बढाउन थप प्रेरणा मिलेको छ, भने ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending