Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

चुनावमा रुसी हस्तक्षेपबारे ट्रम्पले दिए यस्तो जवाफ

राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको आरोपित हस्तक्षेपबारेको अनुसन्धानका क्रममा आफूले सबै प्रश्नका जवाफ दिने काम पूरा गरेको बताएका छन् । विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलर नेतृत्वको टोलीले रुसको आरोपित हस्तक्षेपबारे अनुसन्धान गरिरहेको छ । आफूले प्रश्नहरूको निकै सजिलो ढङ्गले जवाफ दिएको भन्दै ट्रम्पले आफ्ना जवाफहरू रोबर्ट म्युलर नेतृत्वको टोलीलाई बुझाउन बाँकी रहेको पत्रकारहरूलाई बताए । ट्रम्पले आफ्नो चुनावी अभियान समूह र मस्कोबीच साठगाँठ भएको भन्ने आरोप अस्वीकार गर्दै आएका छन् । बिहीवार सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले जारी अनुसन्धानलाई नचाहिँदो काम को संज्ञा दिए । उनले लम्बेतान अनुसन्धानमा संलग्नहरू देशका लागि लज्जा भएको टिप्पणी समेत गरे। महान्यायाधिवक्ता जेफ सेसन्सलाई राजीनामा दिन बाध्य पारेको एक हप्तापछि ट्रम्पका ट्वीटहरू आएका हुन् । ट्रम्पले सेसन्सको स्थानमा म्याथु ह्विटेकरलाई ल्याएका छन्, जसले म्युलरलाई बर्खास्त गर्न सक्छन् अथवा उनको अनुसन्धानलाई रोक्न पनि सक्छन् । शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हुनै नपर्ने अनुसन्धानमा \'लाखौँ लाख डलर खर्च भएको टिप्पणी गरे । अनुसन्धानका क्रममा आफूलाई प्रश्न लेख्नेहरूले बदनियतपूर्वक प्रश्न लेखेको पनि ट्रम्पले आरोप लगाए । सोधिएका सबै प्रश्नको जवाफ दिएको बताउँदै ट्रम्पले भने, मेरा वकिलहरूले मेरा लागि जवाफ लेख्दैनन्, मै लेख्छु। मलाई शृङ्खलाबद्ध प्रश्न सोधिएको थियो र मैले सजिलो तरिकाले सबैको जवाफ दिएको छु। अनुसन्धानका क्रममा ठ्याक्कै कस्ता प्रश्न सोधिएका छन् भन्ने कुरा थाहा हुन नसकेको बताइएको छ। यद्यपि ट्रम्पका एकजना वकिल रुडी जुलियानीले चुनावपछिका प्रश्नहरूको जवाफ राष्ट्रपतिले नदिएको द वाशिङटन पोस्टलाई बताएका छन् । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy