Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

‘ए’ डिभिजन लिग फुटबलः आज तीन खेल हुँदै

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि पुनःशुरु हुनेछ । आज जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ भने आजै सरस्वति क्बल र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा तेस्रो खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । लिग चरणको दोस्रो खेलमा उत्रिँदै गर्दा सङ्कटा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । जावलाखेल भने पहिलो जितको खोजीमा हुनेछ । दुवै टोलीमा उमेर समूहका खेलाडीको बाहुल्यता छ । पहिलो खेलमा सङ्कटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । जावलाखेल भने विभागीय टोली पुलिससँग १–० ले पराजित भएको थियो । आजै दोस्रो खेलमा फ्रेन्डस क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । फ्रेन्डसले पहिलो खेलमा थ्री स्टारसँग २–१ को पराजय बेहोरेको थियो । एपिएफ भने हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो । आजै एपिएफ मैदानमा हिमालयन शेर्पा र सरस्वती युवा क्लबले खेल्नेछन् । पहिलो खेलमा हिमालयन शेर्पाले एपिएफसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको थियो । सरस्वती भने सङ्कटासँग पराजित भएको थियो । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies