Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । त्यसका लागि कसरी, कति मात्रामा बढाउने भनेर अर्थमन्त्री डा. युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताए । दश जिल्लाबाट आएका केरा उत्पादक संघका अध्यक्षहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले अर्थमन्त्रीसँग बिजकीकरणालाई हेरेर भारतबाट आयातित घ्युमा जस्तै भन्सारको दर रेट समायोजन गर्ने गृहकार्य भइरहेको बताए । भारतबाट केरा आयात गर्दा ५ प्रतिशत भन्सार दर लाग्ने गरेको छ । केरा व्यवशायीले त्यसलाई बढाएर ३० प्रतिशत पुर्याउनु पर्ने माग गरेका छन् । त्यसो गर्दा भारतबाट आयातित केरामा प्रतिष्प्रर्धा गर्न सकिने र नेपाली केरा डम्पिङ्ग गुर्न पर्ने समस्या समाधान हुने उनीहरुको भनाई छ । राज्यको नीति सहि हुने र नेपाली उत्पादनलाई प्रवर्धन गर्ने हो भने नेपाल केरामा गुजारा चलाउने अवस्थामा रहेको मन्त्री खनालको भनाई छ । भन्सार समायोजन गर्ने, महंगो भए पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र लागत मूल्य घटाउने बारे स्पष्ट नीतिको आवश्यकता रहेको भन्दै आफूले त्यसका लागि पहल गर्ने खनालको भनाई थियो । व्यवशायीले कैलाली, कंचनपुर र बारा लगायतका जिल्लाहरुमा केराको जोन बनाउनको लागि आवश्यक मापढण्ड पूरा भएकोले केराको जोन तथा सुपरजोन घोषणा गरी प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना लागु गरिनु पर्ने, कृषकलाई कृषि व्यवसायको लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिनु पर्ने र हाल केरा व्यवसायमा प्रयोग भएको थोपा सिचाई प्रबिधिमा प्रयोग हुने पानीमा घुलनशिल मलको व्यवस्था गरिनु पर्ने, भन्सारमा अन्डर बिल तथा अन्डर परिमाणको माध्यमबाट राजश्व छली भैरहेको र आलु, केरा तथा अन्य तरकारीको आयातमा अन्य अबैध बस्तु जस्तो मिठाई, कालो प्लाष्टिक व्याग, चिनी लगायतका बस्तुको आयात भै रहेकोले आयातित बस्तुको कडाईका साथ चेकजाच तथा परिमाण एकिन गरि भन्सार छलिको अन्त्य गरिनु पर्ने लगायत ७ बुँदे माग मन्त्री खनाललाई बुझाएका छन् । कैलाली कंचनपुर, बाके बर्दिया, दाङ्क, रुपन्देही, नवलपरासी, चितवन, बारा, सर्लाही, मोरङ्ग, सुनसरी लगायतका जिल्लामा करिव १८ हजार हेक्टरमा २५ हजार कृषकले व्यवसायीक केरा खेती भैरहेको छ भने ५० हजार यूवाले रोजगारीको अवसर प्राप्त गरेको व्यवशायीको दावी छ । उक्त केरा खेतीवाट झण्डै ७ लाख मेट्रिकटन बार्षिक उत्पादन भैरहेको छ । अहिले झण्डै २५ हजार कृषकले व्यवसायीक केरा खेती गरिरहेका चितवन केरा उत्पादक संघका अध्यक्ष यज्ञप्रसाद सुवेदीले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending