Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

गृहमन्त्री र फ्रान्सेली राजदुतबीच भेटवार्ता, बादलले गरे यस्तो आग्रह

काठमाडाैं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि फ्रान्सका राजदुत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्तगर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वाँस व्यक्त गरे । नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरीदिनका राजदुत लेजेलाई आग्रह गरे । उनले संयुक्त राष्ट्रसंघिय शान्ति मिशनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदुतमार्फत फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गरे । उनले सुरक्षाकर्मीलाई तालिम र विपद व्यवस्थापनका लागि आवश्यक सामाग्रीमा सहयोगका लागि राजदुतसँग आग्रह गरे । राजदुत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसदहरु रहेको समुह निर्माण भएको बताउँदै यसले दुई देशबिच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वाँस व्यक्त गरे । नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटकहरु नेपाल भ्रमण आउने गरेको र उनिहरुको सुरक्षाबारे चाँसो व्यक्त गर्दै राजदुत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकहरुलाई दिँदै आएको सुरक्षाबाट आफुहरु सन्तुष्ट रहेको बताए । विपद् व्यवस्थापन लगायतका अन्यक्षेत्रमा नेपाललाई सहयोग गर्न आफुहरु तयार रहेको उनको भनाई छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending