Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने

काठमाडौँ। मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ । विसं १९७१ मा स्थापना भएको सो कारागारमा पहिलोपटक प्रविधिको माध्यमबाट हाजिर गर्ने व्यवस्था गर्न लागिएको हो । कूल दुई हजार ८०२ कैदीबन्दी रहेको उक्त कारागार परिसरभित्र केन्द्रीय, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् । प्रारम्भमा महिला जेलबाट विद्युतीय हाजिरको एक हप्तापछि शुरुआत गर्न लागिएको हो । महिला जेलभित्र ३१६ कैदीबन्दी छन् । देशैभरि यसप्रकार हाजिरको व्यवस्था गर्ने लक्ष्यअनुसार जगन्नाथदेवलको महिला जेलबाट नमूनाका लागि उक्त व्यवस्था शुरु गर्न लागिएको सो कारागारका जेलर वेदनिधि अधिकारी बताउछन्। “नमूनाका लागि केन्द्रीय कारागारबाट शुरुआत गर्न लागेका हौँ, यसको आवश्यकता र औचित्य हेरेर क्रमशः देशभरका कारागारमा उक्त प्रविधि लैजाने विभागको लक्ष्य रहेको छ” उनी भन्छन् । हाल केन्द्रीय कारागारभित्र रहेका केन्द्रीय, भद्र र महिला जेलमा दैनिक तीनदेखि चार पटकसम्म हाजिरीपुस्तिकामार्फत कैदीबन्दीको हाजिर लिने काम हुँदै आएको छ । कुनै पनि कैदीबन्दी नहराउन भन्ने उद्देश्यले हाजिरी अभिलेख बेलाबेलामा लिने गरिएको जेलर अधिकारीको भनाइ छ । नयाँ प्रविधिको हाजिरीको लागि केन्द्रीय कारागारले रु एक लाख लागतमा तीनवटा मेशिन खरीद गरी जडानसमेत गरिसकेको कारागारका लेखा अधिकृत कुलप्रसाद रेग्मी बताउछन् । “महिला जेलभित्र छुट्टाछुट्टै स्थानमा तीन मेशिन जडान गरिएको छ, जसले गर्दा उनीहरुलाई हाजिर गर्न सजिलो हुन्छ”, उनी भन्छन् । तीनवटा मेशिन भएपछि सबैलाई तीन भागमा विभाजन गरेर बिहान, दिउँसो र बेलुका हाजिर गर्न लगाउने व्यवस्था मिलाइनेछ । झण्डै १०४ वर्ष पुरानो केन्द्रीय कारागारमा यही वर्षको साउनबाट मात्र सिसीटिभी जडान गरिएको थियो । रु १५ लाखको लागतमा केन्द्र र भद्र जेलमा सिसी क्यामरा जडान गरिएको थियो । उक्त सिसी क्यामराको निगरानी प्रहरी र कारागार प्रमुख दुवैले गर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । कारागारले कैदीबन्दीलाई भेट्न आउने आफन्त तथा साथीलाई सजिलो हुने गरी भेट्न पाउने व्यवस्था मिलाउन प्रविधियुक्त पासको व्यवस्था गर्न लागेको छ । अहिले भेटघाट गर्न आउने आफन्त तथा साथीका लागि परिचयपत्र लिएर कागजको चिट उपलब्ध गराउँदै आएको कारागारले प्रविधियुक्त पासको व्यवस्था मिलाउन लागेको हो । केन्द्रीय कारागारको सुरक्षाका लागि खटिनुभएका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्मा प्रविधियुक्त हाजिरले कैदीबन्दीको अभिलेख चुस्त दुरुस्त हुने हुँदा सजिलो हुने बताउछन् । “विद्युतीय हाजिरले प्रहरीलाई काम गर्न समेत सजिलो हुन्छ”, उनी भन्छन् । हाल केन्द्रीय कारागारमा एक हजार ४०५ कैदी, एक हजार ३९१ थुनुवा र छ नाबालक छन् । कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्यासमेत उत्पन्न भएको छ । कूल एक हजार ५०० क्षमताको कारागारमा हाल दुई हजार ८०२ कैदीबन्दी रहेका छन् । कारागार व्यवस्था विभागका सूचना अधिकारी कृष्णबहादुर कटुवालका अनुसार हाल मुलुकभर ७२ जिल्लामा ७४ कारागार छन् । काठमाडौँ र दाङमा दुई/दुई वटा कारागार छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल र डिल्लीबजार कारागार तथा दाङमा घोराही र तुल्सीपुर दुई स्थानमा कारागार रहेको छ । धनुषा, बारा र भक्तपुरमा अहिलेसम्म पनि कारागार छैन । नयाँ स्थापना भएका दुई जिल्ला नवलपरासी पश्चिम र रुकुम पश्चिममा पनि कारागार छैन । विभागका अनुसार हाल देशभर २० हजारको हाराहारीमा कैदीबन्दी छन् ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending