Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

चितवनको विकासमा मेरो चिन्ता र चासो बढी नै छः प्रचण्ड

भरतपुर। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसै वर्षबाट नारायणी र राप्ती नदीको तटबन्ध सुरु हुने बताएका छन् । भरतपुर महानगरपालिका वडा नं २४ को नवनिर्मित वडा कार्यालय भवनको बिहीबार उद्घाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले राप्ती र नारायणी नदीको तटबन्ध सहितको रिंगरोडको डीपीआर यसै वर्षबाट सुरु हुने बताएका छन् । कार्यक्रममा उनले भने, ‘म आफू चितवनको जनप्रतिनिधि हुनुका नाताले पनि चितवनको विकासमा मेरो चिन्ता र चासो बढी नै छ । चितवन, अनि समग्र देशको विकास र समृद्धिमा लाग्नुको विकल्प छैन ।’ अध्यक्ष प्रचण्डले विगत १२–१५ महिनामै भरतपुर महानगर र सिंगो चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको बताए । उनले भने, ‘कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कुनै शक्तिले गर्न सक्दैन, समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार गर्ने छ ।’ भरतपुर महानगरपालिकाले अगाडि बढाएको अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान र सिटी हल छिटै बन्ने उनले बताए । उनले भने, ‘माडी–ठोरी केरूङ सडकको काम पनि अगाडि बढ्छ ।’ उनले अव्यवस्थित बसोबास र सुकुमबासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताए । कार्यक्रममा उनले भने, ‘सुकुमबासी समाधान गर्नको लागि नीतिगत छलफल भइरहेको छ, यसको समाधान छिटै हुन्छ ।’ कार्यक्रममा विशिष्ट अतिथि रहेकी भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर २४ ले वातावरणमैत्री वडा घोषणाका सम्पूर्ण मापदण्ड पूरा गरी वातावरणमैत्री वडा घोषणा गराउन सफल भएका सम्पूर्ण वडावासीलाई धन्यवाद दिँदै अन्य वडाहरुलाई पनि क्रमशः वातावरणमैत्री वडा घोषणा गर्दै लैजाने बताए । भरतपुर महानगरलाई नमुना वडा बनाउन लागिपरेको भन्दै महानगर प्रमुख रेणु दाहालले भने, ‘भरतपुर महानगरपालिका महत्वकांक्षी योजनाका साथ अगाडि बढिरहेको छ, ती योजनाहरुलाई सम्पन्न गर्न हामी अग्रसर भएर लागिरहेका छौँ । उनले भरतपुर महानगरलाई नमुना महानगर बनाउने दावी गरेका छन् । उनले भने, ‘सिटी हल निर्माण, रिंगरोड, लिंकरोडका कामहरु तीव्र गतिमा अगाडि बढिरहेका छन् । भरतपुर २४ का वडाध्यक्ष कान्छा मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वडावासीले वातावरणमैत्री वडालाई कायम राखिरहने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा प्रदेश सभाका संसदहरू राजनीतिक दलका प्रतिनिधि तथा वडाअध्यक्षहरूको सहभागिता रहेका थिए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy