Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

वाइडबडी विमान खरिद विवाद : छानबिन गर्न संसदीय उपसमिति गठन

काठमाडाैं । वाइडबडी विमान खरिदमा अनियमितता भए नभएको छानबिन गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उपसमिति गठन गरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायत अन्य पदाधिकारीसँग शुक्रबार छलफल गरेपछि समितिले थप छानबिन आवश्यक पर्ने भन्दै उपसमिति बनाएको हो । सरकारले १४ असार र १० साउनमा दुईवटा वाइडबडी विमान खरिद गरेको थियो । अाजकाे नयाँ पत्रिका  दैनिकमा याे खबर छ - समितिले कांग्रेस सांसद प्रकाशमान सिंहको संयोजकत्वमा नेकपाका सांसद नारदमुनि राना र संघीय समाजवादी फोरमकी रेनुका गुरुङ सदस्य रहेको उपसमिति गठन गरेको हो । वाइडबडी जहाज खरिद प्रक्रियादेखि सञ्चालनसम्मका सबै कागजात मगाएर छानबिन गरिने उपसमिति सदस्य नारदमुनि रानाले बताए । ‘हामी आइतबार उपसमितिको टिओआर बनाएर सोमबारदेखि काम प्रारम्भ गर्छौँ,’ उनले भने । उपसमितिलाई एक महिनाको समय दिइएको छ । त्यसअघि वाइडबडी खरिदमा भ्रष्टाचार तथा अनियमितता भएको भन्ने चर्चाबारे सांसदहरूले पर्यटनमन्त्री अधिकारी तथा निगमका महाप्रबन्धक कंसाकारसँग स्पष्टीकरण सोधेका थिए । बैठकमा कसले के भने ? माधवकुमार नेपाल वाइडबडीको प्रसंग जो उठेको छ, कोबाट जहाज किनियो ? त्यसको मूल्य त्यसवेला कति थियो ? आदित्यादिबारे हामीलाई जानकारी आउनुपर्छ । हामीकहाँ निर्णय गर्ने निकायले भन्दा अरू निकायले निर्णय गर्छ । हामीकहाँ अख्तियार, अदालत, संसद्को समितिले यसो र उसो गर भन्छ । ठीक भएको छ कि छैन भनेर चासो राख्ने हो । छानबिन गरेर आवश्यक निर्देशन दिनुपर्छ । दोषीलाई गहिरो दण्ड दिनुपर्छ । समस्या हाम्रो कामको तरिकामा, नियतमा र सबै पक्षमा ध्यान पुर्‍याउने विषयमा छ । आगामी पाँच वर्षभित्र आन्तरिक उडानमा १५ वटा र अन्तर्राष्ट्रिय उडानतर्फ ७ वटा नयाँ जहाज ल्याउने कुरा उल्लेख गरियो । पाँच वर्षभित्र यो सबै आयो भने के हामी नाफामा चलाउन सक्छौँ ? कुनै पनि कुराको विषयमा सोच्दा समष्टिगत रूपमा सोच्नुपर्छ । हामीजस्ता मान्छे सबै सरकारी विमानलाई विश्वास नै गर्दैनौँ किन ? समयमा चलाउनुहुन्न, आधा आधा प्यासेन्जर हुन्छ, कारण के ? कतै प्राइभेट एयरलाइन्ससँगको मिलेमतो त छैन ? सबै कुरा यसमा जोडिएको छ । नेपाल सरकारसँग आफ्नो विमान हुनुपर्छ । केही ठाउँमा घाटा सहेर भए पनि जनतालाई सुविधा दिन दुर्गम ठाउँमा विमान उडाउनुपर्छ । सुजाता कोइराला धेरै पैसा खर्च गरेर किन खरिद गरिएको ? पैसा नभएको अवस्थामा किन वाइडबडी चाहिएको हो ? राज्यको ढुकुटी रित्तिँदै छ, कांग्रेसलाई आरोप लगाइने गरिएको छ । ढुकुटी रित्तिँदै छ भने तपाईंहरू यति धेरै किन खर्च गरिरहनुभएको छ ? राख्ने ठाउँ नै छैन । भीम रावल वाइडबडी जहाजको स्वामित्व कहाँ छ भन्ने प्रश्न उठ्यो । एउटा कलम किन्नुपर्दा पनि बिल हुन्छ । १ सय १८ मिलियन डलर मूल्यमा यत्रो ठूलो जहाज किन्दा किनेको हो कि भाडामा लिएको हो भन्ने विवाद हुनु देशका लागि नराम्रो कुरा हो । कुरा त उठ्यो तर स्पष्ट जवाफ पनि आएन । यत्रो गम्भीर कुरा उठिसकेपछि हामीले यस्तो गरेका हौँ भनेपछि प्रमाण पेस गर्ने कुरा किन भएन ? किनेको हो भने त्यसको प्रमाणपत्र यो समितिमा आउनुपर्छ । कुन कम्पनीबाट किनेको हो त्यो पनि थाहा हुनुपर्छ । वायुसेवाको त्यसको स्वामित्व कुन प्रकारको हो ? त्यो आउनुपर्छ । रवीन्द्र अधिकारी, पर्यटनमन्त्री विमान खरिदका कागजात २४ घन्टाभित्र यो समितिलाई बुझाउनेछौँ । सार्वजनिक चासोको विषयमा संसदीय समितिले छानबिन गर्नु सकारात्मक कुरा हो । म मन्त्री हुँदा विमान खरिद भइसकेको थियो । सम्पूर्ण प्रक्रिया पूरा भइसकेको थियो । तर, त्यसको नैतिक जिम्मेवारी मैले लिनुपर्ने नै हुन्छ । छानबिन गर्नुपर्छ, कोही दोषी भेटिए कारबाही गरिन्छ । खरिद गरिएको वाइडबडी जहाजको स्वामित्व नेपाल एयरलाइन्समै छ । कानुनअनुसार खरिद प्रक्रिया पूरा गरेर नै जहाज ल्याइएको हो । सुगतरत्न कंसाकार, महानिर्देशक, नेवानि विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन मिचिएको छैन । व्यापारिक योजना तयार गरेरै विमान किनिएको हो । व्यापारिक योजनाविना त १९ सिटको विमानसमेत किन्न सकिँदैन । वाइडबडी विमान खरिदको सम्पूर्ण कागजातबारे धेरैको चासो छ । यी सबै कुरा बजारमा लगेर बाड्ने होइन । कागजात माग्नेहरू धेरै भए । के असन बजारमा लगेर बाड्नुपर्ने हो ? केही सञ्चारमाध्यममा विमान भाडामा ल्याएको भन्दै प्रचार पनि भयो । यसरी विमान खरिदको विषयलाई मजाकको विषय बनाइनुहुन्न ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending