Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

कुखुराजन्य उत्पादनको मूल्य ह्वात्तै घट्यो

\"\"चितवन। कुखुराजन्य उत्पादनको मूल्यमा निकै गिरावट आएपछि किसान प्रभावित भएका छन् । अण्डा र मासु दुबैको लागत मूल्यभन्दा बिक्री मूल्य निकै कम रहेकाले कुखुरापालक किसान घाटामा जान थालेका छन् । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिको जानकारी अनुसार एउटा अण्डाकोलागत मूल्यभन्दा बिक्री मूल्य रु दुई प्रतिगोटा कम छ । सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार देशभर दैनिक ३५ लाख गोटा अण्डा उत्पादन हुनेगर्दछ । अण्डाबाट किसानले दैनिक रु ७० लाख नोक्सान व्यहोरिरहेको उनले बताए । सङ्घले हाल फार्म मूल्य प्रतिक्रेट ठूलो अण्डा रु २३० र मझौला अण्डा रु २०० तोकेको भए पनि बजारमा ठूलो अण्डा रु २०० को हाराहारी र मझौला रु १८० हाराहारीमा बिक्री भएको कँडेलले बताए । अण्डाको लागत मूल्य रु नौ रुपैयाँ पर्ने गर्दछ । जसबाट लेयर्स कुखुरा पाल्ने दुई हजार किसानले नोक्सान व्यहोरिरहेको उनले बताए । नेपालमा कुखुरापालन क्षेत्रमा ७० अर्ब लगानी रहेको व्यवसायी बताउँछन् । यसको आधा हिस्सा लेयर्स कुखुरा पालनमा लगानी भएको छ । आधाभन्दा बढीमा बैंकको ऋण रहेको छ । कँडेलले किसान बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले भने, “अब तीन महीना यस्तै रह्यो भने आधा किसान व्ययवसायबाट विस्थापित हुन बाध्य हुन्छन् ।” उता कुखुराको मासुको मूल्य अत्यधिक घटेपछि बोइलर कुखुरापालक किसान पनि प्रभावित बनेका छन् । कुखुरापालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेलले किसानले मासुमा प्रतिकिलो रु ४० नोक्सान व्यहोरिरहेका बताए । फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १३५ मा बिक्री भइरहेको छ । लागत मूल्य प्रतिकिलो रु १७५ पर्ने उनको भनाइ छ । देशभरमा ४० हजारभन्दा बढी कृषक बोइलर कुखुरा पाल्छन् । चल्ला, दानाको मूल्य बढी तिरेर पनि कम मूल्यमा कुखुरा बिक्री गर्नुपर्दा निकै नोक्सान व्यहोर्नु परेको उनले बताए । सङ्घले दाना उत्पादन सघ, ह्याचरी उद्योग सङ्घ र सप्लायर्ससँग सहयोगको आह्वान गरेको भए पनि कसैले चासो नदेखाएको उनले बताए । देशका ठूला कोल्ड स्टोर्सले सस्तोमा कुखुरा खरीद गरेर गोदाम भर्ने र महङ्गो मूल्यमा मासु बिक्री गर्ने गरेका कारण किसान मर्कामा परेका बताइएको छ । यसका साथै अवैध रुपमा भारतीय बजारबाट मासु भित्र्याउदा पनि किसान प्रभावित बनेका पौडेलको भनाइ छ । यस्तै अवस्था रहे किसानले शुरुमा चल्ला उठाउन बन्द गर्ने, त्यसपछि दाना रोकेर आन्दोलन थाल्ने उनले चेतावनी दिए । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चल्लाको मूल्यमा समेत गिरावट आएको छ । रु ७५ प्रतिगोटा बिक्री हुँदै आएको बोइलर चल्ला रु ५५देखि ६० मा झरेको छ, भने रु १७० मा बिक्री हुँदै आएको लेयर्स चल्ला रु ७५ मा झरेको छ । मासुको मूल्य बजारमा बढी भए पनि किसानले जिउँदो कुखुराको मूल्य कम पाएको पोखरेलले बताए । बजारमा रु २५० भन्दा बढीमा तयारी मासु बिक्री हुँदासमेत किसानको फर्ममा जिउँदो कुखुराको मूल्य निकै कम रहेको छ । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष समेत रहेका पोखरेलले अण्डा उत्पादक किसानको आपसीे प्रतिस्पर्धाले मूल्यमा गिरावट आएको बताए । बजार व्यवस्थित हुन नसकेमा दीर्घकालीन रुपमा कुखुरा व्यवसाय प्रभावित हुने भन्दै उनले किसानबीचको एकता र राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy