Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता

काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा युनाइटेड अरव इमिरेटसको दुवईमा मङ्सिर २ देखि ५ गतेसम्म संचालन भएको इन्टरपोलको ८७औं महासभामा सहभागी भई शनिबार स्वदेश फिर्ता भए । सोही महासभामा सहभागी भई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोका निर्देशक प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी समेत स्वदेश फिर्ता भएका छन्। उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कुरा गर्दै प्रहरी महानिरीक्षक खनालले इन्टरपोल महासभामा नेपाल प्रहरीको सहभागिता उपलव्धीपूर्ण रहेको र महासभाले अध्यक्षमा दक्षिण कोरियाका किम जोन-याङलाई आगामी २ वर्षका लागि तथा १३ मध्ये ६ जना कार्यकारी सदस्यहरू मनोनयन गरेको छ । जसमा अमेरिका क्षेत्रका लागि उपसभापति १ जना, एशिया क्षेत्रका लागि २ जना तथा अफ्रिका, अमेरिका र युरोप क्षेत्रका लागि १र१ जना प्रतिनिधि सदस्य चयन गरेको उनले बताए। सूचना युगको प्रहरी कार्य (Policing in the information age) भन्ने मूल नाराका साथ सुरू भएको महासभाले ग्लोबल पुलिसिङको रुपमा भिजन २०२० पारित गरेको र त्यसअनुरुप इन्टरपोल सदस्य राष्ट्रमा आउन सक्ने खतरा र चुनौतिका विषयमा विश्लेङषण भएको तथा इन्टरपोललाई विकेन्द्रीकरण गर्ने र विभिन्न क्षेत्रमा ब्युरोहरु स्थापना गर्दै लैजाने लक्ष्य अनुरुप क्यारेबियन मुलुकहरुको लागि ब्यूरो स्थापना गर्ने निर्णय समेत भएको प्रहरी महानिरीक्षक खनालले बताए । वर्तमान विश्वको ५५ प्रतिशत भन्दा बढी जनसंख्याको पहुँचमा इन्टरनेट भएको कारण विश्वभरका अपराधीहरूले पैसा कमाउने माध्यमको रूपमा इन्टरनेट सूचना प्रयोग गरिरहेको सन्दर्भमा महासभामा नेशनल सेन्ट्रल व्युरो (एनसीबी) को क्षमता अभिवृद्धि, सबलीकरण र सदस्य राष्ट्रको आवश्यकतालाई मध्यनजर गर्दै अपराध नियन्त्रण गरी दिगो शान्तिपूर्ण समाज निर्माणका लागि हरेक सदस्य राष्ट्रबाट सहयोग आदान प्रदान गरिने सहमति भएको उहाँले बताए । साथै आन्तरिक अपराध तथ्याङ्कको पहुँचमा सहजता ल्याउने काम भएको र यसका लागि इन्टरपोल सचिवालय लियोनबाट दक्ष जनशक्तिको साथै प्रविधि विषेशज्ञबाट सहयोग आदान प्रदान गर्न सदस्य राष्ट्रहरू सकारात्मक रहेको उनले बताए । उक्त महासभामा अपराध नियन्त्रणका क्षेत्रमा विद्यमान ऐन कानुनको अधीनमा रहेर सूचना तथा द्विपक्षीय र बहुपक्षीय सहयोगको आदानप्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त भएको प्रहरी महानिरीक्षक खनालले बताए । अपराधको क्षेत्रमा पछिल्लो समयमा देखा परेको साइबर सुरक्षा, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागूऔषध ओसारपसार तथा कुनै पनि प्रकारका अवैध कारोबार नियन्त्रणका लागि इन्टरपोल सदस्य राष्ट्रमा एक विशेष समूह गठन गर्ने र यसले यी विविध विषयमा अध्ययन गरी सदस्य राष्ट्रहरुलाई सहयोग गर्ने गरी काम गर्ने निर्णय भएको उनले जानकारी दिए । द्विपक्षीय र बहुपक्षीय सुपुर्दगी सन्धी नभएको अवस्थामा पनि अपराधी सबै देशका लागि अपराधी नै हो भन्ने दृष्टिकोणलाई साझा सोचको रूपमा केन्द्रमा राखेर काम गर्दा अझै धेरै उपलब्धी हासिल हुने महासभाको साझा धारणा रहेको उनले बताए । महासभाले क्षेत्रीय र विश्वव्यापी रुपमा सहयोगको आदानप्रदानका साथै वैदेशिक रोजगारीको सिलसिलामा एउटा काम गर्ने भनी विश्वासमा पारी अर्कै काममा लगाउने प्रवृत्तिको विरुद्ध एनसीबीलाई थप सक्रिय बनाएर इन्टलिजेन्स आदान प्रदान गर्ने सहमति भएको उनले जानकारी दिए । साथै, १ सय ९४ सदस्य राष्ट्रलाई नेटवर्किङ गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने महासभामा सहमति भएको र यसले नेपाललाई थप सहज हुनुको साथै आर्टिफिसिएल इन्टलिजेन्स विकास गर्ने र उक्त कुराले सूचनाको आदानप्रदान अझै बढी प्रभावकारी हुने समेत प्रहरी महानिरीक्षक खनालले बताए । एनसीबी(काठमाडौं नेपालले राम्रो समन्वय गरेको कारण सचिवालयसँग राम्रो सम्बन्ध स्थापित हुनुको साथै नेपालसँगको सहकार्य सहज भएको स्मरण गर्दै इन्टरपोलका महासचिवले महासभामै नेपालको खुलेर प्रशंसा गरेको समेत उनले बताए । ८७औं महासभामार्फत भानुआतु र किरिबाटीले नयाँ सदस्यता प्राप्त गरेको र इन्टरपोलको ८८औं महासभा चिली तथा ८९औं महासभा उरुग्वेमा आयोजना हुने निर्णय भएको समेत उनले जानकारी दिए । प्रहरी महानिरीक्षक खनालले महासभाको दौरानमा चीन, मलेसिया, युनाइटेड अरव इमिरेटस लगायतका मुलुकका प्रहरी प्रमुखहरुसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा छलफल गरेका थिए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending