Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रहरी प्रवक्ताले निर्मला पन्तको फोटो हटाउनुको कारण खुलाए

काठमाडौं। बलात्कारपछि हत्या भएको लामो समय हुँदा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तका दोषी पक्राउ पर्न सकेका छैनन् । अहिलसम्म पनि निर्मलाका हत्यारा पक्राउ नपर्दा नागरिकमा सरकारप्रति आक्रोशको आगो दन्किरहेको छ । तर, सरकार भने अनुसन्धान हुँदैछ भन्दै आश्वासन दिइरहेकै छ । निर्मलाका हत्यारा पक्राउ गर्न ढिलाई गरिरहेको भन्दै नागरिकले सडक तताइरहेकै छन् । उनको न्यायका लागि कयौं सर्वसाधारणले सडक तथा विभिन्न ठाउँमा निर्मलाको तस्बिर अंकित पोस्टर टाँसिररहेका छन् । केही व्यक्ति त निर्मलाको तस्बिर सडकमा टाँसिएको भन्दै पक्राउसमेत परेका छन् । प्रहरीले सडकमा टाँसिएका निर्मलाको तस्बिर अंकित पोस्टर च्यातिरहेको छ । नागरिकले टाँस्ने प्रहरीले च्यात्ने कार्य केहीदिन यता बढेको देखिन्छ । सामाजिक सञ्जालमा धेरैले नेपाल प्रहरीलाई प्रश्न पनि गरेका छन्- व्यापारिक विज्ञापन सडकमा टाँस्न पाउने, निर्मलाको पोस्टर टाँस्दा किन टाउको दुखाई ? अहिलेसम्म प्रहरीले यसको जवाफ दिन सकेको छैन । तर, आइतबार नेपाल प्रहरीका प्रवक्ताले यस विषयमा हास्यास्पद जवाफ दिएका छन् । ति प्रवक्ताले भनेका छन्, ‘विभिन्न देशबाट आएका पाहुनामा गलत सन्देश नजाओस् भनेर सडकमा टाँसिएका निर्मला पन्तको तस्बीर अंकित पोस्टरहरु हटाएको हो ।’ यस्तो जवाफ दिने प्रहरी प्रवक्ता हुन्-  उत्तम राज सुवेदी । उनले ‘भीभीआइपी मुभमेन्ट’ हुने ठाउँका मात्रै पोस्टर निकालेको र अन्य ठाउँमा भने प्रहरीले कुनै पनि हस्तक्षेप नगरेको दाबी गरे । तर, सामाजिक सञ्जालमा भने सामान्य सडकमा टाँसिएका तस्बिरसमेत प्रहरीले च्यातेको दृश्य देखिन्छन् । अहिले विभिन्न देशका पाहुना काठमाडौंमा रहेका र यस्तो बेला विरोध गर्ने, जथाभावी पर्चा पम्लेट टाँस्ने गर्दा नेपालको छवि धुमिल हुने भएकाले केही ठाउँमा हस्तक्षेप गर्नु परेको प्रहरी प्रवक्ता सुवेदीले बताए । उनले विरोध गर्न पाउने सबैको संवैधानिक हक भए पनि सडक नै जाम गरेर प्रदर्शन गर्ने र पर्चा पम्लेट टाँस्दा विदेशी पाहुनाको अगाडि अशोभनीय देखिने भएकाले मात्रै प्रहरीले अवरोध गरेको बताए । आफूहरुले पोस्टर टाँस्नेलाई पक्राउ गरेको नभई विरोधको नाममा सडक अवरुद्ध गर्नेहरुलाई पक्राउ गरिएको पनि प्रहरी प्रवक्ता सुवदीले बताए । नेपाल प्रहरी अपराध नियन्त्रणमा अब्बल रहेको भन्दै उनले केही घटनामा मात्रै कमजोरी देखिएको दाबी गरे।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending