Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

प्रहरी प्रवक्ताले निर्मला पन्तको फोटो हटाउनुको कारण खुलाए

काठमाडौं। बलात्कारपछि हत्या भएको लामो समय हुँदा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तका दोषी पक्राउ पर्न सकेका छैनन् । अहिलसम्म पनि निर्मलाका हत्यारा पक्राउ नपर्दा नागरिकमा सरकारप्रति आक्रोशको आगो दन्किरहेको छ । तर, सरकार भने अनुसन्धान हुँदैछ भन्दै आश्वासन दिइरहेकै छ । निर्मलाका हत्यारा पक्राउ गर्न ढिलाई गरिरहेको भन्दै नागरिकले सडक तताइरहेकै छन् । उनको न्यायका लागि कयौं सर्वसाधारणले सडक तथा विभिन्न ठाउँमा निर्मलाको तस्बिर अंकित पोस्टर टाँसिररहेका छन् । केही व्यक्ति त निर्मलाको तस्बिर सडकमा टाँसिएको भन्दै पक्राउसमेत परेका छन् । प्रहरीले सडकमा टाँसिएका निर्मलाको तस्बिर अंकित पोस्टर च्यातिरहेको छ । नागरिकले टाँस्ने प्रहरीले च्यात्ने कार्य केहीदिन यता बढेको देखिन्छ । सामाजिक सञ्जालमा धेरैले नेपाल प्रहरीलाई प्रश्न पनि गरेका छन्- व्यापारिक विज्ञापन सडकमा टाँस्न पाउने, निर्मलाको पोस्टर टाँस्दा किन टाउको दुखाई ? अहिलेसम्म प्रहरीले यसको जवाफ दिन सकेको छैन । तर, आइतबार नेपाल प्रहरीका प्रवक्ताले यस विषयमा हास्यास्पद जवाफ दिएका छन् । ति प्रवक्ताले भनेका छन्, ‘विभिन्न देशबाट आएका पाहुनामा गलत सन्देश नजाओस् भनेर सडकमा टाँसिएका निर्मला पन्तको तस्बीर अंकित पोस्टरहरु हटाएको हो ।’ यस्तो जवाफ दिने प्रहरी प्रवक्ता हुन्-  उत्तम राज सुवेदी । उनले ‘भीभीआइपी मुभमेन्ट’ हुने ठाउँका मात्रै पोस्टर निकालेको र अन्य ठाउँमा भने प्रहरीले कुनै पनि हस्तक्षेप नगरेको दाबी गरे । तर, सामाजिक सञ्जालमा भने सामान्य सडकमा टाँसिएका तस्बिरसमेत प्रहरीले च्यातेको दृश्य देखिन्छन् । अहिले विभिन्न देशका पाहुना काठमाडौंमा रहेका र यस्तो बेला विरोध गर्ने, जथाभावी पर्चा पम्लेट टाँस्ने गर्दा नेपालको छवि धुमिल हुने भएकाले केही ठाउँमा हस्तक्षेप गर्नु परेको प्रहरी प्रवक्ता सुवेदीले बताए । उनले विरोध गर्न पाउने सबैको संवैधानिक हक भए पनि सडक नै जाम गरेर प्रदर्शन गर्ने र पर्चा पम्लेट टाँस्दा विदेशी पाहुनाको अगाडि अशोभनीय देखिने भएकाले मात्रै प्रहरीले अवरोध गरेको बताए । आफूहरुले पोस्टर टाँस्नेलाई पक्राउ गरेको नभई विरोधको नाममा सडक अवरुद्ध गर्नेहरुलाई पक्राउ गरिएको पनि प्रहरी प्रवक्ता सुवदीले बताए । नेपाल प्रहरी अपराध नियन्त्रणमा अब्बल रहेको भन्दै उनले केही घटनामा मात्रै कमजोरी देखिएको दाबी गरे।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending