Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

स्थानीय तहले गाडी खरीदमै सात करोड खर्चिए

तेह्रथुम। तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ । म्याङ्लुङ नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५५ लाखमा एउटा स्कार्पियो गाडी खरीद गरेको छ । यस्तै रु २९ लाखमा १० वटा मोटरसाइकल खरीद गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले बताए । गाडी नगर प्रमुखका लागि खरीद गरिएको र मोटरसाइकल नगरपालिकाका १० वटै वडाका वडाध्यक्षका लागि खरीद गरिएको नगरपालिकाले जनाएको छ । रु १९ लाखमा एउटा ट्र्याक्टर किनिएको र कर्मचारीका लागि थप १० वटा मोटरसाइकल किन्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पहिले रु ३० लाखमा किनेको पिकअप गाडी चालू अवस्थामा छ । अरु छ वटा मोटरसाइकल र एउटा स्कुटर पनि सञ्चालनमा रहेको छ । लालीगुराँस नगरपालिकाले पनि रु ३३ लाखको पछाडि सामान बोक्न मिल्ने एउटा चार चक्के गाडी र १५ वटा मोटरसाइकल खरिद गरेको छ । नौ वटा मोटरसाइकल रु दुई लाख १७ हजारका दरले, तीन वटा रु दुई लाख ६० हजारका दरले र बाँकी तीन वटा भने रु दुई लाख तीन हजार, चार लाख ८० हजार र चार लाख ८४ हजारका दरले खरीद गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम निरौलाले बताए । यसका साथै रु ३० लाखको एउटा ट्र्याक्टर, ९५ लाखको एउटा स्काभेटर र ३८ लाखको जेसिवीसमेत खरिद गरेको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा एउटा एम्बुलेन्स खरीदका लागि रु १० लाख र नगर बस खरीदका लागि रु ४५ लाख रकम छुट्याएर आवश्यक प्रक्रिया अगाडि बढाइएको अधिकृत निरौलाले बताए । उता छथर गाउँपालिकाले पनि रु ६५ लाखमा पछाडि सामान बोक्न मिल्ने एक सवारी साधन खरीद गरेको छ । चार वटा मोटरसाइकल रु दुई लाख १७ हजारका दरले रु आठ लाख ६८ हजारको र रु दुई लाख ६० हजारमा थप एउटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले बताए । साविकका गाविसले खरीद गरेका तीन वटा मोटरसाइकल हाल वडाध्यक्षले प्रयोग गर्दै आएका छन् । मेन्छ्यायेम गाउँपालिकाले रु ६१ लाख ५० हजारमा स्कार्पियो गाडी खरीद गरेको छ । रु दुई लाख १७ हजारका दरले छ वटा मोटरसाइकल पनि खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले बताए । फेदाप गाउँपालिकाले रु ५४ लाख १५ हजारको स्कार्पियो गाडी र रु पाँच लाख ९४ हजार ९०० का दरले तीन वटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताए । उनले रु तीन लाखका दरले थप तीन वटा मोटरसाइकल पनि चाँडै खरीद गरिने बताए । साविक गाविसले पहिले नै पाँच वटा मोटरसाइकल खरीद गरेका थिए । आठराई गाउँपालिकाले रु ५२ लाखमा एउटा स्कार्पियो गाडी र रु दुई लाख १५ हजारका दरले चार वटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहालले बताए । उनले कार्यालय प्रयोजनका लागि थप एउटा मोटरसाइकल खरीद गर्न रु पाँच लाख रकम छुट्याएको बताए । साविकका गाविसले खरीद गरेका सात वटा मोटरसाइकल वडाध्यक्षले प्रयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ । यातायातका साधन आवश्यक भए पनि आवश्यकताभन्दा बढीमात्रामा खरीद गरिनुले जनप्रतिनिधि तथा कर्मचारी अलिक बढी विलाशीता भोगी हुँदै गएको आभास भइरहेको सर्वसाधारणले गुनासो गर्न थालेका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy