Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

निर्मलालाई न्याय माग्दा यो ज्यादती !

काठमाडौँ । इन्जिनियरिङको तयारी गरिरहेका युवाको खुट्टा गुम्यो, चार महिनादेखि अस्पतालमा अर्धचेत आजको नयाँ पत्रिका  दैनिकमा याे खबर छ - बुधबार दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल न्युरोलोजिकल वार्डको ३१५ नम्बर क्याबिनमा पुग्दा कञ्चनपुरका २० वर्षीय अर्जुन भण्डारा ह्विलचेयरमा थिए । क्याबिन आगन्तुकले भरिएको थियो । ५३ वर्षीया आमा शिवकला छोरालाई चम्चाले खाना खुवाउँदै आगन्तुकलाई उनको स्वास्थ्यबारे जानकारी गराउँदै थिइन् । कचौराको खाना खाइसकेपछि अर्जुनले आगन्तुकतर्फ हेरे । आगन्तुकले उनीसँग सेल्फी खिचे । अर्जुन फिस्स हाँसे, बोल्न सकेनन् । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको न्यायिक आन्दोलनका क्रममा ७ भदौमा प्रहरीको गोली लागेर घाइते भएका हुन् अर्जुन । गोली दायाँ खुट्टाको पिँडुलामा लागेको थियो । अत्यधिक रक्तस्रावपछि उनी घटनास्थलमै बेहोस भए । हेलिकोप्टरबाट शिक्षण अस्पताल ल्याइएपछि उनलाई मनमोहन कार्डियालोजीको आइसियूमा राखियो । गोलीको घाउले खुट्टामा संक्रमण भयो र तिघ्राभन्दा मुनिको भाग काट्नुपर्यो । खुट्टा गयो, तर छोराको होस फर्केला भन्ने आस थियो आमालाई । करिब दुई महिनाको सघन उपचारपछि छोराको होस त खुल्यो, तर पूरै होइन, आधा मात्र । ‘चार महिना भयो बोल्न सकेको छैन । टाउकोबाहेक शरीरका कुनै अंग चल्दैनन् । खाना खुवाउनेदेखि दिसा–पिसाबसम्म हामीले नै गराइदिनुपर्छ । ओछ्यानमा पनि न दायाँ फर्कन सक्छ, न बायाँ । भर्खर २० वर्ष भयो । जीवनभर यस्तै भए यसको स्याहार कसले गरिदिन्छ होला ?’ आमा शिवकलाले नयाँ पत्रिकासँग भनिन् । अर्जुन स्थानीय मर्निङग्लोरी उच्च माविबाट प्लस टु सकेर इन्जिनियरिङको तयारी गर्दै थिए । -कक्षा ८ मा अध्ययनरत किशोरको हातमा गोलीको छर्रा, स्कुल अवरुद्ध ल भीमदत्तनगर–१८ जानकीटोलका १४ वर्षीय चेतन भट्टको बायाँ हातमा गोली लागेको थियो । अहिले पनि उनको हातमा गोलीका छर्रा छन् । स्थानीय भृकुटी माविमा कक्षा ८ मा अध्ययनरत चेतनले स्कुल जान नसके पनि अर्धवार्षिक परीक्षा भने दिएका छन् । ‘अहिले पनि हात दुखिरहन्छ,’ उनले भने, ‘त्यसैले विद्यालय जान सक्दिनँ ।’ -१६ वर्षीय उमेश देउवाको गोली लागेको खुट्टामा रड, पढाइमा अवरोध ल भीमदत्तनगर–२ भाँसीका १६ वर्षीय उमेश देउवा चार महिना बित्दा पनि स्कुल जान सकेका छैनन् । उनको बायाँ खुट्टामा गोली लागेको थियो । अप्रेसन गरेर उनको खुट्टामा रड राखिएको छ । तीन महिना अस्पताल बसेर घर आएका उमेशले अर्धवार्षिक परीक्षा दिन सकेनन् । उमेशका बुबा यज्ञराजले छोराको पढाइ मात्र नभई जिन्दगी नै बर्बाद भएको पीडा सुनाए । ‘खुट्टा अझै निको भएको छैन, बायाँ भागको पूरै शरीर दुख्छ,’ उनले भने । उपचारका लागि सरकारले दिएको दुई लाख ५० हजार सकिएको उनले बताए । ‘आउँदो पुस १ मा फेरि अस्पतालले बोलाएको छ, उपचारका लागि खर्च छैन । सरकारले पूरै उपचार खर्च दिनुपर्ने हो किन दिएको छैन थाहा छैन,’ यज्ञराजले भने ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending