Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

मुआब्जा नपाएपछि सडक अवरुद्ध

जुम्ला। जुम्लादेखि डोल्पा जोड्ने सडकअन्तर्गत दानसाँघुस्थित जोवा नदी पुल नजिकैका जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध गरेका छन् । तीन वर्षअघि निर्माण भएको दानसाँघु माथिल्लो पक्की पुल निर्माण गर्दा जग्गा मासिएपछि मुआब्जा नपाएका जग्गाधनीले सडक अवरुद्ध गरेका हुन् । “वर्षौंदेखि मुआब्जाका लागि पहल गर्दा पनि नपाएपछि अन्तिममा सडक अवरुद्ध गर्नुपरेको हो,” जग्गाधनी मयालाल देवकोटाले बताए । उनले भने, “ जिल्ला प्रशासन, नगरपालिका, जिल्ला समन्वय समितिमा धाउँदा पनि क्षतिपूर्ति पाएनौँ, सडकमा दुई दर्जन बढीको जग्गा क्षति भएको छ तर मुआब्जा दिन कसैको ध्यान गएन । ” सरोकारवालाबीच पटकपटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । नापी कार्यालय, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समितिका प्राविधिकसहितको टोलीले क्षति मूल्याङ्कन गरेको बताइएको छ । सात जनाको हजार वर्गमिटर जग्गा क्षति भएको जनाइएको छ । मुआब्जालाई चन्दननाथ नगरपालिकाले रु ५३ लाख र गुठीचौर गाउँपालिकाले रु ४० लाख व्यवस्थापन गर्ने भने पनि व्यवस्थापन नभएको जग्गाधनी दिनेश सुनारले बताउनुभयो । यसै हप्ता टुङ्गो नलागे दानसाँघुकै तीला नदी नजिकैको सडक बन्द गर्ने स्थानीय जग्गाधनीले चेतवानी दिए । गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार दानसाँघुको विवादित जग्गाको मुआब्जा आफ्नो क्षेत्रमा नपरेकोले रकम दिन नसकिएको बताए । चन्दननाथ नगरपालिकाभित्र पर्ने भएकाले गुठीचौर गाउँपालिकाले मुआब्जा दिँदा बेरुजु रहने भएकोले दिन नसकिने अवस्था रहेको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीका अनुसार सर्वदलीय सर्वपक्षीय बैठक बोलाएर छलफल गरी विवाद टुङ्याएर सडक सञ्चालनमा ल्याउने पहल भएको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy