Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

नमूना भक्तपुर बनाउने मन्त्री बस्नेतको उद्घोष

भक्तपुर। प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले चारवर्षमा भक्तपुरलाई नमुना जिल्ला बनाउने उद्घोष गरेका छन्। निर्वाचित भएको एक वर्ष पूरा भएको सन्दर्भमा उनले आफूले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेको एकवर्षे कार्यकाल भक्तपुरको विकास र समृद्धिका लागि खर्चेको बताएका छन् । गत असार २७ गते बाढीबाट डुबानमा भएको क्षति न्यूनीकरण गर्न भूमिका निर्वाह गरेको, रु ८१ करोडको लागतमा हनुमन्ते करिडोरको पहिलो चरणको कार्य थालनी भएको, ढल व्यवस्थापनदेखि सौर्य बत्ती जडानको अभियान शुरु गरेको, हनुमन्ते नदी सरसफाइ अभियानले ४० हप्ता पार गरेको र अरनिको राजमार्ग व्यवस्थित तथा सुरक्षित बनाउन राजमार्ग सरसफाइ अभियान सञ्चालन गरेर उपलब्धि गरेको जानकारी गराए । आफ्नो एक वर्षे कार्यकालमा मध्यपुरथिमिको गठ्ठाघरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने निर्णय हुनु, कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढ्नु, पेप्सीकोला–सल्लाघारी २० मिटरको सडक निर्माण, सूर्यविनायकदेखि धुलिखेलसम्मको छ लेनको सडकलगायत सडक सञ्जाल निर्माणकार्य अगाडि बढ्नु, मनोहरा खोलामा तीन तथा हनुमन्ते नदीमा पाँच वटा पुल निर्माण तथा जिल्लामा विभिन्न नौ पुल र तीन झोलुङ्गे पुल, चार ट्रष्टब्रिज बनाउने कार्य अगाडि बढ्नु आफ्नो कार्यकालको उपलब्धि भएको सांसद बस्नेतले दाबी गरेका छन् । उनले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण र मध्यपुरथिमिको बालकुमारी, चपाचो, बोडे, नगदेश तथा सूर्यविनायकको सम्पदा एवं बस्ती व्यवस्थापन गर्न स्रोत व्यवस्थापन गर्न आफुले पहल गरेको बताउँदै भूकम्पबाट क्षतिग्रस्त १४ विद्यालय र २२ मठमन्दिर, गुम्बा निर्माण प्रक्रियालगायत अगाडि बढेको बताए । चालू आर्थिक वर्षका लागि सांसद विकास कोषको लागि विनियोजित रु चार करोड रकम भक्तपुर क्षेत्र नं २ अन्तर्गतका दुई नगरपालिका सूर्यविनायक तथा मध्यपुरका विभिन्न क्षेत्रको भौतिक विकासका निम्ति समानुपातिक रूपमा विनियोजन गरिएको उल्लेख गर्दै उनले आगामी चार वर्षमा भक्तपुरको विकासमा आफ्नो समय खर्चने अठोट व्यक्त गरे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending