मंसिर २२ गते, २०७५ शनिवार 8th December, 2018 Sat१५:५७:५३ मा प्रकाशित
काठमाडौँ। मौसम मापकयन्त्रले आज बिहान अहिलसम्ममा यस वर्षकै सबैभन्दा बढी न्यूनतम् तापक्रम भएको देखाए पनि बिहान ७ बजेदेखि शुरु हुने उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानमा सहभागीको सङ्ख्या उल्लेख्य देखिन्थ्यो ।
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २९१ औँ हप्तामा बुद्धनगरस्थित रुद्रमती दोभान क्षेत्रको फलामे पुल वरपर सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २८ संस्थाका ६०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए । सफाइमा शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलगायत अभियानकर्मीले सहभागिता जनाएकाका छन् ।
ब्लु क्रस अस्पताल त्रिपुरेश्वर एम्बुलेन्ससहित, नेपाल सिर्जनशील समाज, बक्रेश्वर बचत तथा ऋण सहकारी डिल्लीबजार, पहिलो पाइला, फोहर उन्मूलन उपभोक्ता समिति सिनामङ्गल, महानगरीय दङ्गा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर, प्राकृतिक प्रकोप तथा भूकम्प प्रभावित उद्धार समाज, युरेसिया रेयुकाइ सानेपा, युएनपार्क प्रयोगशाला, गायत्री परिवार, बाल सारथी बागेश्वरी, जीवन विज्ञान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकाल, पाठशाला नेपाल बानेश्वर, सिस्नुपानी नेपाल, हलेसी डेकोरलगायतको सफाइमा संस्थागत सहभागिता थियो ।
रुद्रमती सफाइको २४६ हप्ता पनि आज वाग्मती सफाइ महाअभियानसँगै दुवै नदीको दोभान क्षेत्रमा गरिएको अभियानकर्मी रोतिह गिरीले जानकारी दिए । अर्को हप्ता २९२ औँ हप्ताको वाग्मती सफाइ महाअभियान र २४७ औँ हप्ताको रुद्रमती सफाइ अभियान पनि दुवै नदीको दोभान क्षेत्रमै गरिने उनले सुनाए ।
मुहानबाट नै वाग्मती सफाइ अभियान सञ्चालन गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले २५२ हप्ताको सफाइ पशुपति क्षेत्रमा ग¥यो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । कुहिने करीब दुई मेट्रिक टन फोहर खाडल खनेर पुरी नकुहिने फोहर महानगरपालिका–८ ले व्यवस्थापन गरेको थियो । अभियानले सफाइमा आउँदा घरको फोहर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए ।
विष्णुमती सफाइ अभियानको २१८ औँ हप्तामा टोखा नगरपालिका–९ स्थित आनन्दटोल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यस क्षेत्रमा मेलम्चीका पानी वितरणका लागि पाइप बिच्छ्याउन सडक खन्दा कालोपत्र नदेखिने गरी माटोले पुरेको भेटिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताए ।
आजको सफाइका क्रममा सडकमा हिँड्दै गरेको कार नदीमा खसेपछि सफाइमा सहभागी अभियानकर्मीले उद्धार गरी अस्पताल पठाएको जानकारी पनि उनले दिए । सुन्दरीघाट चोभार क्षेत्रको वाग्मती सफाइको १०१ औँ हप्तामा १०० स्थानीयवासीले त्यस क्षेत्रको सफाइ गरेका छन् । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिए ।
मनोहरा सफाइको ९१ औँ हप्तामा महानगरपालिकाको ३२ नं वडास्थित बिपी कोइराला आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीय सामाजिक संस्थासहित १०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको सफाइ संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिए ।
चक्रपथ सफाइको ८७ औँ हप्तामा नयाँ बालाजु चोकबाट माछापोखरीबीचको गङ्गा हल क्षेत्रमा सफाइ गरियो । तीनवटै सुरक्षा निकाय, महानगरपालिका, अभियानकर्मी र स्थानीयवासी गरी ३५० भन्दा बढीले गरेको सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टण्डनले जानकारी दिए ।
आलोकनगर सफाइ अभियानले ८७ औँ हप्ताको सफाइ त्यस क्षेत्रमा गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइका क्रममा पैदलयात्रीका लागि राखिएको डष्टबिनमा स्थानीयवासीले फोहर हालेको भेटिएको संयोजक प्रमिला पौडेलले जानकारी दिए ।
चक्रपथ बाफल खण्डको ६९ औँ हप्तामा स्वयम्भू क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
महानगरपालिकाको शहरी सौन्दर्य प्रवद्र्धन अभियान
महानगरपालिकाले ‘शहरी सौन्दर्य प्रवद्र्धन सघाउ अभियान’लाई निरन्तरता दिएको छ । काठमाडौँ महानगरपालिकाले मङ्सिर ८ गतेदेखि अभियान शुरु गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले महानगरपालिकाले शुरु गरेको सफाइ अभियानलाई साथ र सहयोग रहने प्रतिबद्धता जनाए । “बन्दै गरेका भौतिक संरचना निर्माण सामग्री राख्दा शहरको सौन्दर्यीकरणमा केही समस्या भएको छ”, उनले भने ।
मन्त्री महासेठले राजधानी भित्रिने नाकाबाट आएको धूलोका कारण पनि महानगर फोहर भएको उल्लेख गर्दे जेठ मसान्तासम्म ठीक हुने दाबी गरे । कलङ्की–नागढुङ्गाको त्यस बेलासम्म बनिसक्ने उनको भनाइ थियो ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धरहरा, दरबार हाइस्कुल, वीर अस्पताल र रत्नपार्कमा संरचना निर्माण भइरहेकाले प्रदूषण बढेको बताए। यी सामग्री ढुवानी गर्ने साधनले जथाभावी धूलो, गिट्टी, बालुवा नझार्ने हो र ठेकेदारले पनि ध्यान दिने हो भने महानगर सफा राख्ने अभियान सफल हुने उनको भनाइ थियो ।
सफाइकै लागि पाँच वटा ब्रुमर ल्याउन लागिएको उनले बताए । उपप्रमुख हरिप्रभा खड्गीले विकास जादूको छडीजस्तो नभएको उल्लेख गर्दै विस्तारै विकासको अभियान अघि बढ्ने बताउनुभयो । आज दुई चरणमा सफाइ अभियान सञ्चालन गरिएको थियो । शान्तिबाटिकाबाट मन्त्री महासेठ, प्रमुख शाक्य र उपप्रमुख खड्गीले सफाइ अभियानको शुरुआत गरेका थिए ।
शान्तिबाटिकाबाट भोटाहिटी, जमल हुँदै महाराजगञ्जतिर अघि बढेको थियो । दोस्रो चरणको अभियान महाराजगञ्जबाट शिक्षण अस्पताल हुँदै लाजिम्पाट आएको थियो । सफाइका क्रममा सडकपेटिमा रहेका ¥याम्प हटाएर सडकको ढल तथा साइट ड्रेन जेट मेशिनले सफा गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत्, टेलिफोन तथा केवलका पोल तथा तार, खानेपानीका पाइप, निर्माणजन्य फोहर हटाउने, सडकमा मार्किङ गर्ने तथा मर्मत गर्ने काम भएका थिए । आजको सफाइका लागि पाँच वटा जेट, दुई वटा ब्रमुर, दुई वटा स्काभेटर र तीन वटा फोहर सङ्कलन गर्ने सवारी साधनको प्रयोग भएको थियो ।
विसं २०७० जेठ ५ गते वाग्मतीबाट शुरु भएको सफाइ अभियान हाल देशका १०० भन्दा बढी स्थानमा फैलिएको छ । सफाइबाट २० हजार मेट्रिक टन फोहर व्यवस्थापन भइसकेको सफाइ महाअभियानले जनाएको छ । अधिकार सम्पन्न वाग्मती एवं उपत्यकाका अन्य नगरपालिकाले नदी फोहर गर्नेलाई कानूनी कारवाहीको दायरमा नल्याउँदा अभियान सामाजिक सञ्जालमा मात्र फस्टाएको आरोप लाग्ने गरेको छ ।
अधिकार सम्पन्न वाग्मतीले नदीको मुहान क्षेत्रकै किनारमा खोलिएका सुँगुर बङ्गुर फार्म बन्द गर्न नसक्दा माथिबाटै नदी फोहर हुने गरेको छ । सरकारले विसं २०७५ लाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको भनाइ छ । रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: