Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

थामी नसक्नु, रोकी नसक्नुकाे भ्रष्टाचार भयाेः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गरे । प्रधानमन्त्री ओलीले भनेृ, “अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार भएको भइछ, भनेपछि यो कति डरलाग्दो छ ।” समृद्ध, सम्भ्रान्त र सुसङ्गत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले निकै ठूलो बाधा पु¥याइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “संयुक्त राष्ट्रसङ्घले समृद्ध, शान्त, खुशी मानव समाज निर्माणमा बाधा पु¥याइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न विश्वव्यापी रुपमै अघि बढाएको साझा प्रयासलाई नेपालले सहयोग र समर्थन गर्दै आएको छ ।” आत्मअनुशासित, कानूनको परिपालना गर्ने मानव जाति आफू नैतिक एवं इमान्दारको स्वबन्धनमा नबाँधिएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुने बताउँदै प्रधानमन्त्री ओलीले भने, “यहाँ भएका सबैले भ्रष्टाचार नगर्ने हो भने आधा जति भ्रष्टाचार रोकिएला नेपालमा ? सुन्दा अप्रिय लागे पनि कि भ्रष्टाचार गर्दै नगरौँ, कि गर्ने भए साँचो कुरा गरौँ ।” यहाँ उपस्थित भएकामध्ये कोही पनि भ्रष्टाचारमा पर्ने ढङ्गबाट काम नगर्नुस् भन्दै उनको पक्षमा दृढताका साथ काम गर्न सबै राष्ट्रसेवकलाई निर्देशन दिए । भ्रष्टाचार नियन्त्रणका लागि हामीसँग राज्य संयन्त्र, कानून र निकाय क्रियाशील रहे पनि भ्रष्टाचार व्याप्त रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “रोक्नका लागि जिम्मेवारीमा रहेका संस्था र प्रमुख स्वच्छ हुनुपर्दछ, म आफू पनि भ्रष्टाचार गर्दिन अरूलाई पनि गर्न दिन्न भनेकामा पहिलो सर्त पूरा गरेको छु, दोस्रो सर्त पूरा गर्ने प्रयासरत छु ।” विगतमा भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले भन्दा फरक मनसायले व्यक्ति विशेषलाई दुःख दिने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारविरुद्धको प्रयास सकारात्मक ढङ्गबाट अघि बढिरहेको उल्लेख गरे । खनिजलगायत प्राकृतिक साधनस्रोत प्रशस्त भएका हाम्रा निम्ति विकास र समृद्धिका लागि अहिले अन्त्यन्तै अनुकूल वातावरण रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “आफू मातहतका निकायका मान्छेका आँखामा गिर्ने काम नगर्नुस् ।” आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले मुलुकमा सुशासनका लागि चुनौतीका रुपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तर्फबाट सार्थक प्रयासको खाँचो औंल्याए । मुख्य सचिव लोकदर्शन रेग्मीले मानव जीवन र जगत्लाई विकृत बनाउने भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिएमा समाजमा विवेक र न्याय हराउने पक्षलाई हेक्का राखेर काम गर्न निजामती कर्मचारीलाई निर्देशन दिए । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले विश्वमा नै महारोगका रुपमा परिचित भ्रष्टाचारले मानिसलाई नकारात्मक क्रियाकलाप गर्न उद्यत गरेकामा त्यसलाई नियन्त्रण गर्न सरोकारवाला निकाय एकताबद्ध हुन जरुरी छ भने । आयोगका सचिव महेश्वर न्यौपानेले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको महत्व र आयोगका तर्फबाट भ्रष्टाचार न्यूनीकरणका लागि भइरहेको प्रयासबारे प्रकाश पारे ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending