Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सरकार फेरिने परम्परा अन्त्य भयो- मन्त्री बस्नेत

भक्तपुर। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताएका छन् ।

भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा बोल्दै उहाँले सो धारणा व्यक्त गरेको हो ।

जनताले सोचेजस्तो छिटो काम गर्न सरकारले सकेन भन्ने गुनासो स्वभाविक भएको टिप्पणी गर्दै मन्त्री बस्नेतले भने, “देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै प्रदेश, स्थानीय सरकार व्यवस्थापन गर्नमै सरकारको आठ नौ महीना बित्यो, अब सरकारले तीव्र गतिमा गुनासो नआउने गरी जनताले सोचेजस्तै गरी काम गर्नेछ ।”

मन्त्री बस्नेतले सरसरफाइ अभियानलाई मन्त्रालयको सधैँ साथ र सहयोग रहने बताउँदै भक्तपुरमा निर्माण हु्न लागेको प्राणी उद्यान निर्माणको काम यसै वर्षबाट शुरु हुने बताए । मन्त्री बस्नेतले भने, “उद्यानको यस वर्ष विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण सकिएलगत्तै उद्यान निर्माण शुरु हुन्छ, बजेट दिन अर्थमन्त्रालय सकारात्मक छ, तीन चरणमा निर्धारित समय मै सम्पन्न हुने प्राणी उद्यान निर्माण कार्यको पहिलो चरणको काम यहीवर्ष सम्पन्न हुन्छ ।”

सांसद महेश बस्नेतले भक्तपुरको सफाइ अभियान नेपालकै नमूना अभियान भएको बताउँदै तीन महीनाभित्र भक्तपुरमा धूलोसमेत नउड्ने गरी सफा हुने दाबी गरे । अरनिको राजमार्गखण्डको सर्भिस ट्रयाकलाई तत्काल खाली गर्न, फुटपाथमा राखिएको पसल विकल्प दिएर हटाउन यहाँका वडाध्यक्षलई निर्देशन दिँदै उनले भक्तपुरलाई सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिकाको सुरक्षित, उज्यालो र सफा बनाउन भोलिदेखि नै काम शुरु हुने बताए । उनले प्राणी उद्यानको काम तीव्र गतिमा सञ्चालन गर्न र पर्याप्त बजेट पठाउन अर्थमन्त्रालयसँग आग्रह गर्दै बस्नेतले प्राणी उद्यानलाई यस वर्ष रु ३३ करोड बजेट मात्रै आएकाले कम्तीमा दुई अर्ब बजेट पठाउन माग गरे ।

त्यस्तै मध्यपुरथिमि, चाँगुनारायण, सूर्यविनायक र बनेपा नगरपालिकालाई फोहर संकलन गर्ने डस्टबिन वितरण गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending