बाँके। विवाहको जिप दुर्घटनामा परी बेहुलाका बाबु–आमासहित छ जनाको ज्यान गएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जवासी शोकमग्न छन् ।
बेहुला–बेहुलीसहित जन्तीको पर्खाइमा बसेका शम्शेरगञ्जवासीले कल्पनै नगरेको बज्रपात व्यहोर्नुपरेको छ । ‘विवाहको भव्य तयारी थियो, गाउँका अधिकांश जन्ती गएका थिए तर रमाइलो पल एकाएक दुःखमा परिणत भएको छ”, राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले भन्नुभयो, “कसैले कल्पनै नगरेको बज्रपात आइलागेकाले हामी स्तब्ध छौँ ।”
शम्शेरगञ्जका यज्ञ केसीको विवाहमा चितवनको गीतानगरमा जन्ती गई फर्कदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक बिहीबार बिहान पौने २ बजे एकापसमा ठोक्किँदा बेहुलाका बुवाआमासहित छ जनाको मृत्यु भएको थियो ।
चितवनमा विवाह कार्यक्रम सकिएपछि बेहुलाका बुवा ५३ वर्षीय मानबहादुर केसी र आमा ४५ वर्षीया विमला खत्री, आफन्त र गाउँका अगुवाहरु बेहुला–बेहुली र अन्य जन्तीको गाडीलाई छोडेर घरमा विवाहको मेलोमेसो मिलाउन भन्दै दुई घण्टा अगाडि नै उक्त स्कारपियो जिपमा फर्किएका थिए ।
दुर्घटनामा बेहुलाका बुवाआमा, पाँच वर्षीय भतिज प्रवीण खत्री, स्थानीय ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा चालक २१ वर्षीय यमबहादुर मगर र दुलाहाकी फुपू ४५ वर्षीया गीतादेवी खत्री घाइते हुनुभएको छ । उहाँहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । बेहुलाका बुवा केसी स्थानीय शिवशक्ति मावि पेडारी शम्शेरगञ्जका शिक्षक हुन् । घटनापछि विद्यालयमा अध्ययनरत विद्यार्थी भावविह्वल भएका छन् । शम्शेरगञ्जवासी निःशब्द भएर बसेका छन् । उनीहअरू एकअर्काको मलिन अनुहार हेरिरहन्छन् ।
“बुधबार राति रातिसम्म खुशीयाली थियो, हिजो बिहानदेखि गाउँमा सन्नाटा छाएको छ”, वडाध्यक्ष बस्नेतले भने, “यहाँ सम्झाउनेसम्म मान्छे छैनन् । सबैका आफन्त घटनामा परेका छन् । कसले कसलाई सम्झाइदिने रु हामी अब गर्नुपर्ने धार्मिक काममा खटिएका छौँ ।”
उहाँका अनुसार, धोजापतकाले सजिएको बिबाह घरमा अहिले शोकले भरिएका आफन्त र गाउँलेहरु जम्मा भएका छन् । मृतकको शव दाङबाट आएपछि सबैको अन्तिम संस्कार गरिने तयारी भइरहेको छ ।
“सोच्दै नसोचेको र कहिल्यै नभएको यो बज्रपातले हामी सबै शोकमग्न छौंँ”, वडाध्यक्ष बस्नेतले भने, “जन्तीमा रमाइलो गर्दै गएका गाउँले फर्किदा मलामी बन्नुप¥यो ।”
राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष एवं छिमेकी गाउँका बासिन्दा मदन वलीले यो दुर्घटनाले सिङ्गो गाउँपालिकावासी नै शोकमग्न भएको बताउनुभयो । गाउँपालिकाभरिकै मानिस स्तब्ध भएर बेहुलाको घरमा जम्मा भएको जानकारी दिँदै उहाँले रातभरको अनिद्राले गर्दा जिप बससँग जुध्न पुगेको हुनसक्ने बताए ।
यसैबीच उक्त क्षेत्रकी प्रदेश सांसद कृष्णा केसीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग गरे । उनले बिहीबार विज्ञप्ति जारी गरी दुर्घटना परी निधन भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरे। रासस
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: