Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सत्य खोज्न आफैं जुटे पीडित

कैलाली। न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग चारवर्ष बितिसक्दा पनि ठोस निश्कर्षमा पुग्न नसकेपछि पीडित आफैँ सत्य बाहिर ल्याउने अभियानमा उनीहरू जुटेका हुन् ।

द्वन्द्वपीडित साझा चौतारीले सातै प्रदेशमा ‘सत्यको बयान’ अभियान शुरु गरेको छ । सत्य बाहिर ल्याउने अभियानका क्रममा चौतारीले यही मङ्सिर १७ गते सिराहाबाट उक्त अभियान शुरु गरेको थियो । पहिलो चरणमा प्रदेश नं २, ७ र ४ मा तथा २५ गते प्रदेश ५, ६ र ७ मा द्वन्द्वपीडितसँग उक्त अभियान चलाइएको हो ।

कैलालीमा आयोजित उक्त अभियानमा बाँके जिल्लाकी सुनिता पाठकले भने, “पीडित आफैँले आवाज नउठाएसम्म न्याय पाउने देखिँदैन, आयोगको भर छैन, पीडित आफैँले सत्य बाहिर ल्याउनु जरुरी छ ।”

आफ्नो बहिनी २०६२ सालमा कोहपुरबाट बेपत्ता भएपछि हालसम्म सास र लास दुवै फेला नपरेकोे उनको गुनासो छ । “पीडित पक्ष सत्य कुरा बाहिर आओस् भन्न चाहान्छन् । मेरो बहिनी मरी भने मरी भनिदिउन्, जीवित भए यहाँ छ भनिदिउन्”, सुनिताले थपे, “ न सास नत लाससमेत नपाउँदा हामी यतिका वर्ष उनलाई नै खोजिरहेका छौँ ।”

बाँकेकी गीता साहलाई द्वन्द्वका समयमा दिइएको यातनाले अहिलेसम्म राम्रोसँग उनको शरीरले काम गर्दैन । साहले आफ्नो खुट्टामा अझै बन्दुकको छर्रा बाँकी रहेको देखाउँदै भने, “राज्यले उपचार खर्च रु ४० हजार दियो तर जीवनभर उपचार गर्न आफ्नो सबै सम्पत्ति बेचेर पनि नपुग्ने भयो ।”

उक्त अभियानमा यस्तै पीडा अन्य २० द्वन्द्वपीडितले सुनाए । दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा धेरै निर्दोष नागरिक मारिए, बेपत्ता भए, अङ्गभङ्ग भए र घरबारविहीन पनि भए । ती पीडामा अझै द्वन्द्वरत पक्षले मलम लगाउन सकेको छैन ।

चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले शान्ति सम्झौता भएको १२ वर्ष हुँदा पनि र आयोग गठन भएको चारवर्ष बितिसक्दा पनि पीडितले कम्तीमा खुलेर आफ्ना पीडा सुनाउनसमेत नपाएको हुँदा ‘सत्यको बयान’ अभियान सञ्चालन गरिएको बताए ।

उनले भने, “आफ्नो सङ्घर्ष, भोगाइ र अनुभव पीडितबीच सुनाउँदा पनि मन हलुका हुन्छ, मलाई मात्र होइन अरुलाई पनि पीडा रहेछ भनेर थाहा पाइन्छ ।” चौतारीले पीडितको आवाजलाई एकीकृत गरेर न्यायका लागि आवाज उठाउन दबाब दिने उद्देश्यले सो अभियान सञ्चालन गरिएकोे हो । पोखरामा आगामी पुस २ गते सो अभियान सञ्चालन गर्ने चौतारीको तयारी छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending