Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कागजमा प्रदेश, काममा सङ्घ

ललितपुर। यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालय नीतिगतरुपमा प्रदेशमा हस्तान्तरण भएको छ महीना पुग्दासमेत व्यावहारिकरुपमा हस्तान्तरण भएको छैन । कार्यालय प्रदेश मातहतमा नजाँदा सानो समस्याका लागिसमेत यातायात व्यवस्था विभाग धाउनुपर्दा सेवाग्राही र कार्यालयमा कार्यरत कर्मचारी दुवै हैरान छन् । सेवाग्राहीले सहजरुपमा कार्यालयबाट सेवा पाएका छैनन् । कार्यालयले पनि प्रदेशमा हस्तान्तरण भइसक्दासमेत सङ्घमै धाइरहनुपरेको हो । नीतिगतरुपमा एउटा तह र व्यावहारिकरुपमा अर्को तहमा जिम्मेवारी हुँदा काम गर्न गाह्रो भइरहेको कार्यालयमा कार्यरत शाखा अधिकृत रमेश पौडेलले बताए । नयाँ चालक अनुमतिपत्र ‘स्मार्ट ड्राइभिङ लाइसेन्स’को छपाइ विभागले गरिरहेको छ । झण्डै एक वर्ष पहिले परीक्षा पास गरेका सेवाग्राहीलेसमेत चालक अनुमतिपत्र पाएका छैनन् । दैनिकरुपमा धेरेै सेवाग्राही गुनासो गर्न कार्यालय आइपुग्छन् । उनले भने, “हामीले भने यहाँ आएको गुनासो विभागमा भन्ने कि प्रदेशमा भन्ने अन्योल नै छ ।” एक त सेवाग्राहीको भीड बढी हुने कार्यालय त्यसमा पनि नयाँ प्रविधिका कारण केही वर्ष पहिले आएकाले धेरै खालका समस्या भोग्नुपरेको शाखा अधिकृत पौडेलले बताए । चालक अनुमतिपत्रको चिप्स खस्दा मात्र पनि ‘के गर्ने’ भन्दै सेवाग्राही यहाँ आउँछन् । कतिपय भने राजश्व तिरेको कागजको अक्षर उड्यो भन्दै समाधान खोज्न आइपुग्छन् । सहजीकरणका लागि भित्र्याइएको प्रविधिमा काम गर्न एक त ज्ञान भएका जनशक्ति कम छ भने अर्कातिर ‘सर्भर’ मा समस्या आउँदा कर्मचारीलाई हैरान भएको हो । उहाँले भन्नुभयो, “हामीले यहाँको समस्या विभागमा नै पठाउनुपरेको छ ।” कार्यालयमा ढड्डा र कम्प्युटर दुवैमा विवरण राख्ने गरिएको छ । दुवैमा एउटै विवरण नहुँदा कार्यालयले सच्याउन सक्दैन र विभाग पठाउँछ । व्यावहारिकरुपमा हस्तान्तरण नहुँदा दैनिकजसो समस्या आइरहेको उनले बताए । कार्यालयमा फरकफरक खालका समस्या आएछ । दैनिक झण्डै २० जना गुनासोकै लागि मात्र आइपुग्छन् । सबैभन्दा बढि सेवाग्राही चालक अनुमतिपत्रको परीक्षा पास गरेको लामो समय वित्दासमेत प्रमाणपत्र नपाएको भन्दै गुनासो लिएर आउँछन् । छ महीना पहिले नै यातायात कार्यालय प्रदेशमा जाने निर्णय भएको थियो । त्यसपछि कार्यालयको बोर्ड, छापलगायतका कुरा प्रदेशको भए पनि कामको जिम्मेवारी प्रदेशले लिएको छैन । यातायातकै मोटरसाइकलको दुई अङ्क ९९९ लट० सकिएकाले प्रदेशको नम्बर शुरु भइसक्दा पनि साना र ठूला सवारी साधनमा अहिलेसम्म वाग्मती अञ्चलकै नम्बर वितरण भइरहेको छ । काठमाडौँ उपत्यकामा चार ठाउँमा चालक अनुमतिपत्र कार्यालय राखिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending