Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

किन सुस्तायो नेकपा ? कार्यतालिका बन्छ, काम हुँदैन

काठमाडौं । नेकपाको सरकार सुस्त भएकोमा दिनहुँ आलोचना सुनिन्छ। तर, सत्तारुढ दल सरकारमा मात्र होइन, आफ्नै पार्टीको काममा पनि धीमा छ। राजनीतिक र सांगठनिक योजना निर्माणका लागि नेकपाले कार्यतालिका बनाउने गर्छ। तर, त्यसको कार्यान्वयनमा भने उदासीनता देखिन्छ। पार्टीको काममा नेकपा कार्यतालिकाभन्दा ढिलो छ। यसको पछिल्लो उदाहरण हो, संगठनात्मक काम गर्न स्थायी समितिले बनाएको कार्यदल। आजको अन्नपुर्णमा खबर छ – कार्यतालिकाअनुसार २५ पुसभित्रै दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाइसक्नु पथ्र्यो। पुस मसान्तसम्म त्यसमा सचिवालयले छलफल गर्ने र बैठक डाक्ने निर्णय १३ पुसमा गरिएको थियो। तर, अहिलेसम्म कार्यदलले प्रतिवेदन नै बनाइसकेको छैन। निर्धारित म्याद गुज्रिसकेको छ। तर, कार्यदल छलफलको प्रारम्भिक चरणमै छ। माघ पहिलो सातासम्म प्रतिवेदन बुझाउनेगरी काम भइरहेको कार्यदलका एक सदस्यले बताए। संगठनात्मक एकताका लागि अहिले चौथो कार्यदलले काम गरिरहेको छ। यसअघि तीन वटा कार्यदल बनेको थियो। पहिलो कार्यदलको प्रतिवेदन काम लागेको भए नेकपाले प्रदेश तथा जिल्ला कमिटीको एकीकरणका लागि साउन २५ भित्र केन्द्रीय सचिवालयमा प्रतिवेदन प्रस्तुत गर्ने र भदौ ५ भित्र एकीकरण सम्पन्न गरिसक्नुपर्ने थियो। त्यस्तै, भदौ १५ भित्र प्रदेश र जिल्ला कमिटीको पहिलो बैठक तथा जनवर्गीय संगठनको एकीकरण सकिनुपर्ने थियो। तर प्रदेश तहसम्मको एकीकरण ९अझै केही विवाद बाँकी छन्० बाहेक न त तल्लो कमिटीको एकता भएको छ, न जनवर्गीय संगठनको एकता। पार्टीको अन्तरिम विधान र नियमावलीबमोजिम आर्थिक विनियम, कार्यकर्ता संरक्षण कोष विनियम, केन्द्रीय कार्यालयका कर्मचारीहरुको सेवा र सर्तसम्बन्धी विनियम र पार्टी स्कुल सञ्चालन निर्देशिका मस्यौदाका लागि सुवास नेम्वाङको संयोजकत्वमा कार्यदल गठन गरेको ५ महिना बितिसक्यो। कार्यदलले प्रतिष्ठान सञ्चालन निर्देशिका, सम्र्पक मञ्च सञ्चालन निर्देशिका र आचारसंहिता मस्यौदा पनि तयार गर्नेछ। समयमै काम हुन नसक्नुमा केही प्राविधिक र आन्तरिक अप्ठेरा रहेको नेम्वाङले बताए। ‘अहिले स्थिति नै त्यस्तै छ। केही प्राक्टिकल र केही आन्तरिक समस्या आइलागेका छन्। त्यही कारण कार्यतालिकाअनुसार काम गर्न सकिरहेका छैनौं,’ नेम्वाङले भने। प्रवासको कामसम्बन्धी निर्देशिका तयार गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले भने प्रतिवेदन बुझाएको छ। तर त्यसलाई पनि पारित गरेर कार्यान्वयनमा लगिएको छैन। पार्टीको अन्तरिम विधान र नियमावली प्रकाशन गरिएको छ। तर विधानमा विवाद देखिएकोले छलफल पुनः छलफल प्रारम्भ भएको छ। यो विवाद मिलाएर प्रस्ताव तयार गर्ने जिम्मेवारी संगठनात्मक कामका लागि बनेको रामबहादुर थापा नेतृत्वको कार्यदललाई दिइएको छ। पार्टी एकतापछि एकीकृत पार्टीको राजनीतिक प्रतिवेदन समेत प्रकाशन गर्न सकेको छैन। जेठ ५ को सचिवालयले १५ जेठभित्रै राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने भनेको थियो। पछि साउन मसान्तभित्र प्रकाशन गर्ने भनियो। तर, त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन। यसको तयारी भइरहेको नेकपा नेताहरु बताउँछन्। तर कहिले, ठेगान छैन। पार्टी एकतापछि एकीकृत पार्टीको राजनीतिक प्रतिवेदन समेत प्रकाशन गर्न सकेको छैन। जेठ ५ को सचिवालयले १५ जेठभित्रै राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने भनेको थियो। पछि साउन मसान्तभित्र प्रकाशन गर्ने भनियो। तर, त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन। यसको तयारी भइरहेको नेकपा नेताहरु बताउँछन्। तर कहिले, ठेगान छैन। – नेम्वाङ नेतृत्वको कार्यदलले प्रतिवेदन नै बनाएन यो कार्यदलले अहिलेसम्म प्रतिवेदन बनाएको समेत छैन। संयोजक नेम्वाङले छलफल चलेपनि प्रतिवेदन बनाउने तहसम्म अझै पुगिनसकेको बताए। ‘कार्यदलले वर्कआउट गरिरहेको छ। कतिपय साथीहरु अर्को पार्टी संगठन एकीकरण कार्यदलतिर पनि हुनुभएकोले समय लिइरहेको छ,’ नेम्वाङले अन्नपूर्णसँग भने, ‘संगठनको कार्यदलले काम सक्नेबित्तिकै हामी पनि आफ्नो प्रतिवेदन तयार पारेर बुझाउँछौं।’
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE