सरकारकाे जनता आवास कार्यक्रममार्फत बनेका घर मानिस नबस्दै भत्किएपछि...
पौष २८ गते, २०७५ शनिवार 12th January, 2019 Sat१२:१२:४८ मा प्रकाशित
कैलाली । कैलालीको टीकापुर नगरपालिका–८ सूर्यपुरका प्रेम वादीको घर भत्किसकेको छ । उनको घरको भित्तो मात्रै छ । प्रेमको सपरिवार भारतको भाइन्दरमा बस्दै आएका छन् ।
सूर्यपूरमैै घर भएका गौरी वादी, निर्मल वादीका परिवार पनि भारतमा छन् । किरण वादी कैलालीकै चौमालामा बस्छन् । तारादेवी नजिकैको सती बजारमा बस्छन् । पे्रमको जस्तै गौरी, निर्मल, किरण, ताराका घर पनि मानिस नबस्दा भत्किन थालेका छन् । यी घरहरु सरकारको जनता आवास कार्यक्रममार्फत बनेका हुन् । सरकारले कैलालीमा वादी र राजी समुदायका लागि घर बनाई दिएको छ तर बनेका घर मानिस नबस्दै भत्किन थालेका छन् ।
काम गर्न भारत वा नेपालकै अन्य शहरतिर बस्ने वादी समुदायका लागि बनाएका घर अलपत्र छन् । कैलालीको टीकापुर नगरपालिका–८ सूर्यपुरमा ११ वटा घरमा अहिलेसम्म मानिस बसेका छैनन् । मानिस नबस्ने घर केही भत्किसकेका छन् भने केही भत्किन लागेका छन् ।
जनता आवास कार्यक्रमले घर दिने भएपछि सूर्यपुरको वादी परिवारले आफूसँग भएको घरवास टुक्राटुक्रा पारेर बाबु र ससाना छोराका नाममा अलगअलग घर बनाएका छन् । सूर्यपुरकै नरेश वादीलाई पनि जनता आवास कार्यक्रमले घर बनाइ दिएको छ । उनका दुई छोरा सरदीप र बबीका लागि पनि घर त बनेको छ तर उनीहरुका नाममा बनेका घरमा कोही बस्दैनन् । जेठो छोरा सरदीप रोजगारीका लागि भारतमा छन् भने कान्छो बबी बाबुआमासँगै बसिरहेका छन् । सरदीप र बबीका घर पनि नबस्दै भत्किने अवस्थामा छन् । घर पाउने आशामै सूर्यपुरको वादी बस्तीका ३२ परिवारले ५० भन्दा बढीका नाममा घर मागेका छन् ।
जनता आवासमार्फत बनेका घर वादी समुदायले मन पराएका छैनन् । “घर दिनुभन्दा १० धुर जग्गा भए पनि त्यसमै झुप्रो हालेर पनि बस्थ्यौँ”, सूर्यपुरकी कल्चु वादीले भन्नुभयो, “सरकारले बलैको ९जबर्जस्ती० घर हालिदियो, अलिकति हावा आए पनि उडाइदिन्छ, हामीसँग लगानी गर्ने पैसा छैन, गरीब मान्छे ।” सूर्यपुरकै श्यामा वादी भन्नुहुन्छ, “घर गतिलो नभएर विन्दु वादीको घर पनि भत्किँदैछ बरु एकै कोठाको भए पनि पक्की छत भएको हुनुपथ्र्यो । बालुवाजस्तो इँटा छ । राम्रो सिमेन्ट प्रयोेग भएको छैन ।”
टीकापुर नगरपालिका–१ ज्योतिनगरस्थित राजी बस्तीमा पनि जनता आवास कार्यक्रमबाट बनेका केही घरमा मानिस बसेका छैनन् । २० वटा घर बनेको ज्योतिनगरमा पनि तीन घरमा मानिस बसेकै छैनन् केही घरमा मानिस कहिलेकाहीँ आउने जाने गरेका छन् । “म अहिले भजनी नगरपालिकाको भुरुवामा बस्छु” सावित्री राजीले भने, “छोरो सानै छ ठूलो भएपछि बिहे गरेर यही घरमा राख्ने हो ।”
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख सुरेशराज बाग्लेले कैलालीमा जनता आवास कार्यक्रमबाट वादी, राजी, विपन्न मुस्लिमका लागि २०६९/७० देखि २०७३/७४ सम्म ६६० घर बनेका जानकारी दिए । कैलालीमा दुई चरणमा एक लाख ५९ हजार र दुई लाख १५ हजारका दरले ती घर बनेका हुन् ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: