Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

भक्तपुर इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलामा २० करोडको कारोवार

भक्तपुर। भक्तपुरमा सल्लाघारीमा लागेको तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलामा तेस्रो दिन सम्ममा करिब २० करोडभन्दा बढीको कारोबार भएको छ । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा बिहिबारबाट सुरु भएको मेलामा तेस्रो दिन (शनिबार) मात्र करिब १० करोड रुपैयाँ र तीन दिनसम्ममा जम्मा २० करोडको बरावरको कारोवार भएको मेला व्यवस्थापन समितिका संयोजक माधव प्रसाद प्रजापतिले जानकारी दिए । मेलामा इलेक्ट्रोनिक्स तथा अन्य सामानहरुमा २० देखि ५५ प्रतिशत सम्मको छुटको व्यवस्थाले पनि कारोवार बढेको उनको भनाई छ । मेला अवलोकनमा आउनेहरुका लागि विभिन्न सांगितिक प्रस्तुतीले पनि मनोरन्जन प्रदान गरेको छ भने तेस्रो दिनको आर्कषणका रुपमा गुल्मिज गाईजको प्रस्तुती रहेको थियो । तेस्रो दिनमा मेला आयोजकले मिस्टर वल्र्ड महेश्वर महर्जन लगायत विभिन्न संस्थाहरुलाई समेत सम्मान गरिएको छ । मेलामा तीन दिनसम्म करिव ७० हजार अवलोकनकर्ताले अवलोकन गरेको संयोजक प्रजापतिले जानकारी दिए । मेलामा अटोमावाइल स्टलहरुमा गाडीहरुको वुकिंङ तथा यामाहाको स्टलबाट मोटरसाइकल विक्री समेत भएको उनले बताए । पुस ३० गतेसम्म चल्ने मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने संघका अध्यक्ष पुण्यराम खाताखोले जानकारी दिए । मेलामा छाला ज्याकेट, बेनली कम्पनीका मोटरसाईकल, मोवाईल, एलइडि टेलिभिजन सेट, वासिंङ मेसिन, रेफ्रिजिरेटर, ल्यापटप लगायत विभिन्न कम्पनीका विद्युतिय सामग्रीहरुले अवलोकनकर्ताहरुको ध्यान तानेको आयोजकले जानकारी दिएको छ । मेलामा विभिन्न मौलिक नेवारी परम्परागत बाजागाजा, परम्परागत रुपमा चिउरा बनाउने तरिका लगायत पनि प्रदर्शनीमा राखिएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending