Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

हुनेवाला अमेरिकी राष्ट्रपतिका लागि पूर्व राष्ट्रपति ओबाको समर्थन क्यास्ट्रोलाई

सान एन्टोनियो। संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन् । आफ्नो मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी राष्ट्रपति समेत हुनसक्ने अनुमान गरिएको छ । अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपतिमा उम्मेदवार हुन चाहनेहरुले नाम घोषणा गर्नेक्रम शुरु भएको छ । यसक्रममा डमोक्र्याटिक पार्टीबाट दर्जनौं नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् । आप्रवासन र सीमा सुरक्षाका विषयमा आक्रामक छलफलहरु भइरहेका बेला देशको विविधतालाई ख्याल गर्नुपर्ने क्यास्ट्रो पक्षधरको भनाइ छ । सान एन्टोनियोको ऐतिहासिक ग्वाडालुप प्लाजामा ठूलो भिडका बीचमा ४४ वर्षीय क्यास्ट्रोले भने, “म अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्न चाहन्छु ।” मेक्सिकोबाट अमेरिका आएको परिवारका सदस्य क्यास्ट्रोले आफ्नो मन्तव्यमा आप्रवासीहरुको परम्परा तथा मर्मका बारेमा धाराप्रवाह बोल्नुभएको थियो । क्यास्ट्रोलाई डेमोक्र्याटिक पार्टीमा उदाउँदो ताराका रुपमा चिनिन्छ । उहाँ ओबामा मन्त्रिपरिषद्को सबैभन्दा कान्छो सदस्य थिए । आगामी निर्वाचनमा राष्ट्रपतिको अर्का उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै हुने देखिएकाले क्यास्ट्रोले ट्रम्पलाई चुनौती दिन सजिलो हुने दाबी गरिएको छ । ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने मुख्य एजेण्डा बनाउनु भएकाले पनि मेक्सिकोबाट आएका क्यास्ट्रो उनका लागि गतिलो प्रतिस्पर्धी हुने ठानिएको समाचारमा उल्लेख छ । तर, डेमोक्र्याटिक पार्टीको “प्राइमरी”मा पूर्व उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन, बर्नी स्यान्डर्स तथा कमला ह्यारिस र अर्बपति व्यापारी माइकल ब्लूमबर्ग पनि दौडमा छन् । हवाई राज्यकी तुल्सी गब्बार्डले पनि चुनावी प्रतिस्पर्धामा भाग लिने बताइसकेका छन् । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending