कांग्रेसले प्रियङ्कालाई सक्रिय राजनीतिको मैदानमा ल्यायाे
माघ ९ गते, २०७५ बुधवार 23rd January, 2019 Wed१५:५८:१८ मा प्रकाशित
भारतमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा देशकै सबैभन्दा पुरानो दल भारतीय राष्ट्रिय कांग्रेसले नेहरू(गान्धी परिवारबाट प्रियङ्का गान्धीलाई सक्रिय राजनीतिमा ल्याएको छ। उनी पूर्वप्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीकी छोरी एवम् वर्तमान पार्टी अध्यक्ष राहुल गान्धीकी बहिनी हुन्।
पार्टीले उनलाई पूर्वी उत्तर प्रदेशको महासचिव नियुक्त गरेको छ। आगामी फेब्रुअरी महिनादेखि उनले त्यो भूमिका निर्वाह गर्नेछिन्। भारतमा एप्रिल र मे महिनामा लोकसभाको निर्वाचन हुँदैछ।
निर्वाचन हुने कुल ५४३ संसदीय क्षेत्रमध्ये उत्तर प्रदेश राज्यमा सर्वाधिक ८० क्षेत्र छन्।
उत्तर प्रदेशको महत्त्व
भारतको राजनीतिमा उत्तर प्रदेशलाई महत्त्वपूर्ण राज्य मानिन्छ। यहाँबाट जवाहरलाल नेहरूदेखि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सात नेताहरू प्रधानमन्त्री बनेका छन्।
उत्तर प्रदेशका विभिन्न स्थानबाट गान्धी परिवारका सदस्यहरू निर्वाचनमा सहभागी हुँदै आएका छन्। राहुल गान्धी सन् २००४ देखि सो राज्यको अमेठीबाट निर्वाचित हुँदै आएका छन्। सत्तारूढ भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्ष कांग्रेस दुवैले उत्तर प्रदेशका लागि विशेष निर्वाचन रणनीति बनाउने आकलन गरिएको छ।
भारतीय निर्वाचनस् नरेन्द्र मोदी चिन्तित हुनुपर्ला ?
गत संसदीय निर्वाचनमा भारतीय जनता पार्टी उत्तर प्रदेशका ८० मध्ये ७५ स्थानमा विजयी भएको थियो। मोदीले बनारसको निर्वाचन क्षेत्रबाट जितेका हुन्। सन् १९८० को दशकसम्म उत्तर प्रदेशमा कांग्रेस पार्टीको वर्चस्व थियो। तर विभिन्न राजनीतिक कारणले गर्दा सो दलले त्यहाँ आफ्नो प्रभाव गुमाउन थाल्यो।
प्रियङ्का गान्धीलाई मैदानमा ओरालेर कांग्रेसले आफ्नो प्रभाव फिर्ता लिन खोजेको छ। कांग्रेस नेता राजीव शुक्लाका अनुसार प्रियङ्का गान्धीबाट पार्टीलाई निर्वाचनमा उत्तर प्रदेशमा मात्र नभएर देशैभरि फाइदा पुग्ने बताएका छन्। तर भारतीय जनता पार्टीले भने कांग्रेसको निर्णयप्रति व्यङ्ग्य गरेको छ।
सो दलका प्रवक्ता सम्बित पात्राले भने - सबैतिरबाट अस्वीकृत भएपछि कांग्रेसले गान्धी परिवारबाटै सहयोग खोजेको छ। बीजेपी र कांग्रेसमा एउटा आधारभूत भिन्नता छ -बीजेपीका लागि पार्टी परिवार हो तर कांग्रेसका लागि परिवार नै पार्टी हो।\'
इन्दिरा गान्धीसँग तुलना
प्रियङ्का गान्धीको तुलना उनकी हजुरआमा इन्दिरा गान्धीसँग गर्ने गरिन्छ। उनको केश, लुगा र कुरा गर्ने तरिकामा पनि इन्दिरा गान्धीको झल्को आउँछ। उनी सक्रिय राजनीतिमा आउने चर्चा धेरै पहिलादेखि हुन थालेको हो।
सन् २०१४ को निर्वाचनमा उनी भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीविरुद्ध बनारसबाट उठ्न चाहन्थिन्। तर उनलाई त्यसो नगर्न सल्लाह पार्टीभित्रबाटै दिइएको बताइन्छ।
राहुल गान्धीले कांग्रेसको नेतृत्व सम्हालेपछि प्रियङ्का गान्धी पार्टीमा केही समय सक्रिय देखिइन्। तर बिस्तारै उनी निष्क्रिय हुन थालिन्।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिन प्रियङ्का गान्धीलाई निर्वाचन अभियानमा प्रयोग गर्नुपर्ने धारणा पार्टीभित्र हुँदै आएको थियो।
तर आमा सोनिया गान्धी भने राहुल गान्धीलाई बलियो बनाउन चाहन्थिन्। प्रियङ्का राजनीतिमा आउँदा दाजु र बहिनीबीच तुलना हुने र त्यसबाट पार्टीलाई हानि पुग्ने डर सोनिया गान्धीमा भएको बताइन्छ।
यसअघि सन् २००४ मा पनि पार्टीले प्रियङ्कालाई सोनिया गान्धीको निर्वाचन अभियानमा प्रयोग गरेको थियो।
प्रियङ्का गान्धीको व्यक्तिगत विवरण
जन्मस् - जेनुअरी १२, १९७२
अध्ययन- दिल्ली विश्वविद्यालयको जिसस एन्ड मेरी कलेजबाट मनोविज्ञान
विवाहस्- व्यापारी रोबर्ट वाड्रासँग सन् १९९७ मा
सन्तान- एक छोरा, एक छोरी बीबीसी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: