Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

भेनेजुएला: अमेरिकाद्वारा विपक्षी नेतालाई 'अन्तरिम राष्ट्रपति'को मान्यता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता हुवान गुएइदोलाई आफूले अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिने बताएका छन्। ३५ वर्षीय गुएइदोले राजधानी काराकासमा आफूलाई भेनेजुएलाको निमित्त नेता घोषणा गरेलगत्तै ट्रम्पले उनलाई समर्थन गरेका हुन्। तर राष्ट्रपति निकोलस मडुरोले पछिल्लो घटनाक्रमपछि अमेरिकी कदमको कडा आलोचना गरेका छन्। वर्तमान राष्ट्रपति आक्रोशित किन भए ? उनले अमेरिकासितको- कूटनीतिक सम्बन्ध तोडिदिने चेतावनी दिँदै त्यो देशका कूटनीतिज्ञहरूलाई २४ घन्टाभित्र भेनेजुएला छोड्न आदेश दिएका छन्। दक्षिण अमेरिकाका अन्य देशहरू, ब्राजिल, कोलम्बिया र पेरुले पनि गुएइदोलाई भेनेजुएलाको वैध राष्ट्रपतिको मान्यता दिएका छन्। वर्तमान राष्ट्रपति निकोलस मडुरोविरुद्ध देशभरि लाखौँ मानिसहरूले प्रदर्शन जारी राख्दा त्यहाँ नयाँ संक्रमणलाई विदेशी शक्तिहरूले समर्थन गरेका हुन्। बीबीसीकी बार्बरा प्लेट अशर भन्छिन्, \'अमेरिकी अधिकारीहरूले मडुरोले सत्ता हस्तान्तरणको शान्तिपूर्ण संक्रमणलाई स्वीकार गर्ने अपेक्षा गरेका छन्। सबै दक्षिण अमेरिकी देशहरूले विपक्षी नेतालाई समर्थन गरिसकेका छैनन्।\' उनी भन्छिन्, \'गुएइदोलाई सुरक्षा फौजको पनि समर्थन मिलिसकेको छैन। भेनेजुएला अब थप अनिश्चिततातर्फ धकिलिने सम्भावना बढेको छ।\' हुवान गुएइदो एक विद्यार्थी नेता थिए। उनले पूर्व राष्ट्रपति ह्युगो चाभेजले निकोलास मडुरोलाई आफ्नो उत्तराधिकारी बनाउँदा पनि चर्को विरोध गरेका थिए। त्यसपछि उनी निरन्तर सरकार विरोधी प्रदर्शनमा सक्रिय भए। नाजुक अर्थतन्त्रले निम्त्याएको दु:ख मडुरोको कार्यकालमा भेनेजुएलाको अर्थतन्त्र धरासायी जस्तै हुन पुगेको छ। चर्को मुद्रास्फिती, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या हुन्। राष्ट्रपति मडुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका छन्। भेनेजुएलाका सैन्य फौजले मडुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका छन्। भेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि राष्ट्रिय सभाका प्रमुख हुवान गुएइदोले आफूलाई निमित्त नेता घोषणा गरेका हुन् ।भेनेजुएलामा चर्किएका पछिल्ला प्रदर्शनहरूको क्रममा आठ जनाको ज्यान गइसकेको छ । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy