Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

हिउँले सेताम्मे भएपछि यस्तो देखियो चन्द्रागिरि

चन्द्रागिरि। उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य बेग्लै थियो । नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर दृश्यलाई केन्द्रित गरेर तस्वीरमा कैद गर्ने तथा सेल्फीमा रमाउने पर्यटकका लागि बुधबार मौसममा आएको परिवर्ततसँगै झण्डै तीन इन्चजति बाक्लो सेताम्मे हिउँले भुलायो । दुई साता अघिमात्रै परेको हिउँको मजा भुल्न नपाउँदै उपत्यकावासीले यस वर्ष दोस्रो पटक हिउँसँग खेलेर औधी मनोरञ्जन लिए । “यस्तै त होला नि स्वर्गझैँ अनुभूति भयो, चारैतिर सुन्दर दृश्य, क्षितिजमा देखिएको हिमशृङ्खला, सेताम्मे हिउँ अनि त्यही हिउँमा खेल्न पाउनु जीवनकै ऐतिहासिक क्षण बन्यो”, मैतीदेवी बस्दै आएका सिन्धुलीका जीवन दाहालले अनुभव सुनाए । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"226755\"] उनीसँग गफिँदा साथीहरु निरज भट्टराई, विश्व थापा र आशिष पाल हिउँ छ्यापाछ्याप गरेर खेल्दै थिए । हरेक पाखापखेरा, थुम्को र डेउडीमा हिउँसँग रमाइरहेका युवाहरुको झुण्ड पनि देखिन्थ्यो । बिहानै हिउँ परेको हल्ला मच्चिएपछि हतार–हतारमा मोटरसाइकल निकालेर चन्द्रागिरि आइपुगेका भक्तपुर निवासी राकेश पटेलले बताए। साथी कृष्ण रामसँग पहिलो चोटी चन्द्रागिरि टेकेका पटेललाई यहाँको सुन्दरताले मन्त्रमुग्ध बनायो । “सुन्दर दृश्य र हिमाल देख्यौँ, हामीले हिउँमा खेल्न पायौँ, यो भन्दा आनन्द अरु के हुनु”, पटेलले भने । काठमाडौँको दक्षिण–पश्चिममा पर्ने आन्तरिक पर्यटकको आकर्षणको केन्द्रविन्दु चन्द्रागिरिले केबलकार सञ्चालनमा आएपछि काँचुली फेरेको छ । प्रायः सार्वजनिक बिदा र शनिबारको दिनमा करीब दुई हजार पर्यटक यहाँ आउँछन् । हिउँ परेको समयमा दोब्बर पर्यटक पुग्ने गरेको अनुभव केबलकारका कर्मचारीले बताए । धार्मिक र ऐतिहासिक महत्व बोकोको यहाँ मङ्गलबार राति २ बजे पहिलो पटक र बुधबार बिहान ५ बजे दोस्रो पटक हिउँ परेको चन्द्रागिरि हिल्सका इलेक्ट्रिकल इञ्जिनीयर सुनिल शर्माले बताए । उपत्यकावासीका लागि हिउँ परेपछिको आकर्षक गन्तव्यमध्ये चन्दागिरि, नगरकोट, फुल्चोकीलगायत बनेको छ । दुई हजार ५५१ मिटर उचाइमा रहेको यो ठाउँ पर्यटकका लागि सबैभन्दा सहज क्षेत्र मानिन्छ । धुलो, धुवाँ र उपत्यकाको कोलाहलबाट छुटकाराका लागि शान्त, रमणीय र स्वच्छ वातावरणले मोहित बनाउने चन्द्रागिरि दृश्यावलोकनका लागि पनि आकर्षक गन्तव्य हो । बालाजुबाट यहाँ आइपुगेका साहिल गौतमले हिमाललाई केन्द्रित गरेर तस्वीर लिए । उनले भने, “भ्यू राम्रो देखिने रहेछ, बसौँबसौँ लागिरहने, खेलौँखेलौँ लागिरहने ।” पृथ्वीनारायण शाहले सबैभन्दा पहिले उपत्यकाको अवलोकन गरेको ठाउँ भएकाले यसको ऐतिहासिक महत्व छ । दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई महादेवले बोकेर पृथ्वीको परिक्रमा गर्दा सतीदेवीको भला अर्थात् निधार पतन भएको स्वस्थानीमा उल्लेख भएको भालेश्वर महादेवको मन्दिर पनि भएकाले यहाँको धार्मिक महत्व पनि बढेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यहाँबाट उत्तर र पूर्व क्षेत्रमा सुन्दर हिमाल देख्न सकिन्छ भने दक्षिणमा चित्लाङलगायत विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । आकाश खुलेका बेला सिङ्गो उपत्यका नियाल्न सकिन्छ । उपत्यकावासीका लागि समय बिताउने थलो बनेको चन्द्रागिरिमा मन्दिर दर्शनसँगै भरपूर मनोरञ्जन पनि लिन सकिने ठाउँ छ । अघिल्लो पटक हिउँ पर्दा केबलकारको १९ गण्डौला (डिब्बा) सञ्चालनमा हुँदा पर्यटकको चाप धान्न मुस्किल परेकाले यसपटक भने थपेर ३८ पु¥याएकाले खासै समस्या नभएको सिभिल सवइञ्जिनीयर दीपेन्द्र ब्रविजेले बताए। “अहिले हिउँले गर्दा आन्तरिक पर्यटकको चापाचाप छ, यो क्रम दुई/तीन दिन रहन्छ”, उनले भने। खानाका पारखीलाई विभिन्न परिकारका खानेकुरासँगै आवासको समेत सुविधा चन्द्रागिरिमा छ । बाल उद्यान, भ्यूटावर तथा आकर्षक संरचनाले महत्व थपेको छ । “यहाँ आइपुग्दा सबै दुःखपीडा भुलेको महसुस भयो”, ठमेलबाट हिउँ खेल्न आइपुग्नु भएका पर्यटन व्यवसायी रमेश सिलवालले भने । यहाँको दृश्य अनौठो र अन्य क्षेत्रको भन्दा फरक लाग्ने भएकाले पनि बेलाबेलामा पर्यटकसमेत लिएर आइपुग्ने गरेको र पर्यटकले समेत रमाइलो मानेको उनको भनाइ थियो । थानकोटबाट करीब १० मिनेटको केबलकार यात्रामा चन्द्रागिरि पुगिन्छ । काठमाडौँको उकुसमुकुस वातावरणबाट छुटकारा पाउने विकल्प रहेको यहाँबाट देखिने दृश्य क्यामरामा कैद गर्न तँछाडमछाड हुन्छ । अझै हिउँ परेको बेलामा मानिसको भीड थेग्न हम्मेहम्मे पर्छ । बुधबार वल्लो पाखाबाट पल्लो पाखामा हिउँ छ्यापाछ्याप गरेर मनोरञ्जन लिने युवा जमात प्रशस्तै देखिन्थ्यो । नागबेली परेका सडक अर्को आकर्षक थियो । क्षितिजमा देखिने हिमशृङ्खला र हरियालीसहितका सुन्दर टाकुराहरु साँच्चै स्वर्गको कल्पनामा रमाउन सकिने थियो । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि समेत उपयुक्त स्थान भएकाले चन्द्रागिरिले नलोभ्याउने कोही नहोलान् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending