केन्द्रको सम्पूर्ण स्वामित्व नेपाल प्राधिकरणको स्वामित्वमा हुनुपर्ने
माघ १० गते, २०७५ बिहिवार 24th January, 2019 Thu१२:१६:५१ मा प्रकाशित
बाजुरा। जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको सम्पूर्ण स्वामित्व नेपाल विद्युत् प्राधिकरणमातहत हुनुपर्ने मागसहित उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षरसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
गुणस्तरीय सेवा नदिएको र चर्को महसुल मात्र लिने गरेको विरोधमा उपभोक्ताले सङ्कलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् । त्रिवेणीले उपभोक्ता थप्ने, आर्थिक आम्दानी गर्नेबाहेक कुनै प्रकारको सेवामा ध्यान नदिएको आरोपसहित हस्ताक्षर सङ्कलन गरिएको छ । मार्तडी आसपास क्षेत्रका ७१२ जनाको संयुक्त हस्ताक्षर प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई बुझाएको दलित अधिकारीकर्मी गोरख सार्कीले बताए ।
बीस वर्षका लागि जलविद्युत केन्द्रको जिम्मा लिएको त्रिवेणी बचत तथा ऋण सहकारीसँग विद्युत्को दिगोपना र स्थायित्वका लागि कुनै प्रकारको योजना नरहेकाले तत्काल प्राधिकरणलाई नै जिम्मा लिन मागसहित स्थानीयवासीले हस्ताक्षर बुझाएको सार्कीले बताए ।
स्थानीय उपभोक्ताले गएको तीन वर्षदेखि नै हस्ताक्षर अभियान थालेका हुन् । सहकारीले जिम्मा लिएर महसुल लिने तर सेवा नदिने काम गरेकाले प्राधिकरणले नै लिनु पर्ने दाबी उनीहरूको छ । विद्युत् अवरुद्ध भएको महीना दिन बिते पनि नयाँ मेशिन खरीद गर्नुभन्दा पुरानै मर्मतमा ध्यान दिएको आरोप उनीहरूको छ । केही व्यक्तिको कमाइ खाने माध्यम बनेको, सेवा नियमित नदिएको र बत्ती नबलेको समयमा पनि महसुल लिने गरेको जस्ता आरोप हस्ताक्षर गर्नेको छ ।
बीस वर्ष आयु भएको मेशिन ३० वर्ष पुगिसक्दा पनि नयाँ खरीदको कुनै प्रक्रिया थालनी नगर्नु नै उपभोक्तामाथि ठगीबाहेक अरु नभएको आरोप उनीहरुको छ । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चेतराज बरालले प्राविधिक विषयबारे जानकारी लिने र जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग छलफल गर्ने बताए । सदरमुकामको विद्युत् नियमित र गुणस्तरीय हुनुपर्नेमा आफू पनि सचेत रहेको अधिकारी बरालको प्रतिक्रिया थियो ।
बाजुराको कोल्टी क्षेत्र सञ्चारविहीन
जिल्लाको उत्तरपूर्वी कोल्टी क्षेत्रको टेलिफोन सेवा अवरुद्ध भएको छ । लगातारको हिमपातले कालाजग्रामा रहेको रेडियो रिपिटर टावरमा सौर्य विद्युत् आपूर्ति कमी भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ । विगत तीन महीनादेखि त्यस क्षेत्रमा टेलिकमका सबै सेवा आंशिकरूपमा मात्रै सञ्चालन भएको शिक्षक धीरबहादुर दानीले गुनासो गरे ।
“टेलिकमले दिँदै आएको सम्पूर्ण सेवा घाम लागेपछि मात्र सञ्चालन हुने गरेका थिए, हिजोआज पानी परेकाले टेलिकमका कुनै पनि सेवा सञ्चालन भएका छैनन्”, शिक्षक दानीले भने । दिउँसो घाम लागे मात्र आफन्तसँग फोनमा कुराकानी गर्न पाइने र बिहान र बेलुका इन्टरनेट चलाउन पनि समस्या भइरहेको सो क्षेत्रका उपभोक्ताको गुनासो छ । कोल्टी क्षेत्रमा एक नगरपालिका र तीन गाउँपालिका छन् ।
कोल्टी क्षेत्रलाई लक्षित गरी बडीमालिका नगरपाकिा–७ स्थित कालाजग्रा, बूढीनन्दा नगरपालिका–२ कोल्टी–१ बाँधुमा निर्माण गरिएको टेलिकमका सव–स्टेशन टावरले काम नगरेको उपभोक्ताको गुनासो छ । टेलिफोन र इन्टरनेटले राम्रोसँग काम नगर्दा उत्तरपूर्वी क्षेत्रका चारवटा स्थानीय तह, बैंकलगायतका सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजसमेत प्रभावित भएको छ । टेलिकम शाखा कार्यालय बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले त्यस क्षेत्रमा टेलिकमका सेवा अवरुद्ध हुनुको कारण सोमबारदेखिको लगातारको हिमपात र वर्षाले सौर्य ऊर्जामा समस्या उत्पन्न भएको हुनसक्ने बताएका छन् ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: