Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

के छ ट्रम्पले नेता किमलाईे पठाएको पत्रमा ?

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाएका छन् । उनले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाएका अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ । साथै यस विषयमा बिहीबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले पनि जानकारी गराएका छन् । यसअघि करिब हप्तादिन अघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र पठाउनुभएको समाचार आएको थियो । उक्त पत्रको अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार जवाफ दिएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ । ह्वाइट हाउसका प्रेस सचिव सराह स्यान्डसर््लाई उद्धृत गर्दै उक्त टिभीले जनाएको छ– राष्ट्रपति ट्रम्पले किमको पत्रको जवाफमा बुधबार उत्तर कोरियाली नेता किमलाई पत्र लेख्नुभएको छ । बिहीबार उत्तर कोरियाली सरकारी समाचार समिति, केसिएनएले उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र हात पार्नुभएको जनाएको छ । उक्त पत्र नेता किमलाई उत्तर कोरियाली सत्तारुढ दल, वर्कर्स् पार्टीका उपाध्यक्ष किम योङ चोलले दिनुभएको सो समाचारमा जनाइएको छ । चोल हालै अमेरिकाको भ्रमणमा गएका थिए । उनले अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक पेम्पेओसँग भेटवार्ता पनि गरेका थिए । किमले उक्त पत्र प्राप्त गरेर सन्तुष्टि प्राप्त गरेको जानकारी पनि उत्तर कोरियाली समाचार समिति केसिएनएले जानकारी दिएको छ । उक्त समाचार समितिले समाचारमा भनेको छ– उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त गरेपछि खुसी भएका छन्, उनीहरुबीच यो महिनामा कैयौँ पत्रहरु आदानप्रदान भएका छन् । गत शुक्रबार मात्र पनि उत्तर कोरियाली सत्तारुढ दलका उपाध्यक्ष चोलले अमेरिकी अमेरिकी राष्ट्रपति ट्रम्पलाई नेता किमका तर्फबाट पत्र हस्तान्तरण गरेका थिए । सोही पत्रको जवाफमा बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले नेता किमलाई यो पत्र प्रेषित गर्नुभएको कोरियाली सञ्चारले जनाएका छन् । उत्तर कोरियाली नोता किमले गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको बताइएको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो ।  उत्तर कोरियाली नेता किमले सन् २०१९ को नयाँ वर्षको शुभकामनासम्बन्धी पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाउनुभएको थियो । सो पत्रपछि पुनःसम्बन्धमा नयाँपन आएको हो । केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेका थिए । उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो । उक्त पहिलो शिखर वार्तामा छिट्टै नै अर्को शिखर बैठक हुने भनिएपनि अहिलेसम्म हुन सकिरहेको छैन । उक्त बैठक आगामी फेब्रुअरीको अन्त्यमा हुने भएको समाचार हालैमात्र आएको छ । दोस्रो शिखर सम्मेलनको आतिथ्यता भियतनामले गर्ने इच्छा व्यक्त गरेको छ । तर यस विषयको अन्तिम टुंगो भने लागेको छैन । सिन्ह्वा
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies