Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

यस्ता बिरामीको निःशुल्कमा उपचार गर्ने नगरपालिका र हस्पिटलबीच सहमति

लहान। असहाय गरीब बिरामीको निःशुल्क उपचारका लागि सिरहाको कर्जन्हा नगरपालिका र कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलबीच सहमति भएको छ । फूलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाको मेडिकल डाइरेक्टर डा शिवशङ्कर साहको अध्यक्षतामा बसेको बैठकमा लामो समयदेखि बन्द रहेको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवानले जानकारी दिए । उनका अनुसार प्रसूति सेवा निःशुल्क गर्ने, शल्यक्रिया गरेर बच्चा निकाल्दा निःशुल्क गर्ने, साधारण प्रसुतिमा २४ घण्टा र बढी ग्रसित प्रसूतिमा ४८ घण्टा श्यया निःशुल्क गर्ने र गरीब, असहाय व्यक्तिका लागि सकेसम्म निःशुल्क उपचार गर्नेलगायतका विभिन्न विषयमा सहमति भएको छ । गरीब असहाय व्यक्तिलाई निःशुल्क उपचार गर्नका लागि नौ सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिमा नगरपालिकाकोतर्फबाट पाँच जना र फूलकुमारी महतो मेमोरियल हस्पिटलबाट चार जना गरी गठित नौ सदस्यीय समितिले वास्तविक गरीब, दलित पहिचान गरी सहजरुपमा उपचारको व्यवस्था मिलाउने नगर प्रमुख पासवानले बताए। छ महीनामा सात करोड राजस्व सङ्कलन जिल्ला भन्सार कार्यालय माड्र सिरहाले चालू आर्थिक वर्ष २०७५/७६ को छ महीनाको अवधिमा रु छ करोड ९९ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । यो गत आव २०७४/७५ को सोही अवधिको तुलनामा झण्डै दोब्बर बढी राजस्व सङ्कलन भएको हो । सीमा क्षेत्रमा कडाइ गरिएपछि राजस्व सङ्कलनमा वृद्धि भएको जिल्ला भन्सार कार्यालय सिरहाका भन्सार अधिकृत सुमित गुप्ताले जानकारी दिए । चालू आव २०७५/७६ को साउनदेखि पुससम्म छ महीनाको अवधिमा रु छ करोड ९९ लाख ६७ हजार राजस्व सङ्कलन गरेको हो । गत आव २०७४/७५ साउनदेखि पुससम्म छ महीनामा रु तीन करोड ६८ लाख ९० हजार मात्र राजस्व सङ्कलन भएको थियो । आव २०७५/७६ को छ महीनामा भन्सार कर्मचारी गस्तीबाट १२, सशस्त्र प्रहरी अन्य निकायबाट १४६ र नेपाल प्रहरी अन्य निकायबाट ३०८ गरी जम्मा ४६६ मुद्दा दर्ता भएको भन्सार अधिकृत गुप्ताले जानकारी दिए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy