फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ। यी तीनैवटा एप्स छुट्टाछुट्टै रहनेछन्, तर तीनै एप्सबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढंगबाट तिनलाई जोडिने बताइएको छ। फेसबुकले यो लामो प्रकृयाको शुरुवात गरिसकेको बीबीसीलाई जानकारी दिएको छ।
सो योजनाबारे पहिलो पटक न्यूयोर्क टाइम्सलाई जानकारी गराइएको थियो जुन फेसबुकका संस्थापक मार्क जकरबर्गको निजी परियोजना बताइएको छ। यो लामो प्रकृयाको अन्तपछि एक जना फेसबुक प्रयोगकर्ताले ह्वाट्सएप मात्र प्रयोग गर्ने अर्का व्यक्तिसँग सीधै सम्पर्क गर्न सक्नेछ जुन हाल सम्भव छैन। सन् २०१९ को अन्त वा अर्को वर्षको शुरुमै यो परियोजना पूर्ण हुने बताइएको छ।
फेसबुक सुरक्षा उल्लङ्घनस् ५ करोड खातामा आक्रमण \'दशवर्षे चुनौती\' को संसारभरि यति चर्चा किन र यसका जोखिम के हुन् के हो फेसबुकको योजना ?
अहिलेसम्म फेसबुक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्। बीबीसीका प्रविधि संवाददाता क्रिस फक्स भन्छन् फेसबुकले यसबारे जानकारीहरू बाहिर ल्याउन चाहेको थिएन। तर न्यूयोर्क टाइम्ससँगको कुराकानीमा ती कुराहरू लुक्न सकेनन्।
अहिलेसम्म फेसबुक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्। मेसेजिङ सेवा एकीकृत गर्ने प्रकृयापछि फेसबुकको काम अझ सरल बन्ने अपेक्षा गरिएको छ। उसले थप प्रतिस्पर्धी नयाँ नयाँ फिचरहरूको विकास गर्नुपर्ने छैन। एकीकृत मेसेजिङपछि एउटा एपमा चलेको व्यवसायबारे अर्को एपका प्रयोगकर्तालाई समेत सजिलै जानकारी पठाउन सकिने छ। यसले फेसबुकको डाटा तीनवटै एपहरूमा पठाउन सक्नेछ। यसबाट विज्ञापनको दायरा बढ्नेछ।
तर अझ महत्त्वपूर्ण कुरा चाहिँ यसले फेसबुकको एपहरूलाई एक अर्कोसँग अझ धेरै गाँसिएको बनाउने छ। यसले भविष्यमा सरकार वा नियामक निकायले आवश्यक ठानेपनि फेसबुकको ुसाम्राज्युलाई टुक्र्याउन झन् कठिन बनाउने छ।
साझा तथ्याङ्क फेसबुकका संस्थापक मार्क जकरबर्गले एकीकरणको योजना अघि बढाउन मिहिनेत गरिरहेका छन्। उनले तीनवटै एपको मेसेजिङ सेवालाई एकीकृत गरेपछि मानिसहरूले ज्यादा समय त्यसमा विताउने अपेक्षा गरेका छन्। तीनवटै एपका प्रयोगकर्ताहरू फेसबुक अन्तरगत रहने र प्रयोगकर्ताहरूको त्यो विशाल संख्याले गुगलको मेसेजिङ सेवा र एप्पलको आइमेसेजसँग प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्ने बताइएको छ।
ूहामी मेसेजिङको उत्कृष्ट अभ्यास र अनुभव निर्माण गर्न चाहन्छौँ। मानिसहरू आफ्ना सन्देशहरू सरल, भरपर्दो, गोप्य र छिटो ढङ्गले पुगुन् भन्ने चाहन्छन्,ू फेसबुकको एउटा वक्तव्यमा भनिएको छ।
एकीकृत मेसेजिङ प्रणालीले कसरी काम गर्ला भन्नेबारे निकै धेरै छलफल र बहसहरू भएको थियो भन्ने कुरा पनि सो वक्तव्यमा उल्लेख छ।तीनवटै मेसेजिङ एपहरू एउटै प्रणालीभित्र ल्याउने प्रकृया सकिएपछि फेसबुकमा अहिलेभन्दा धेरै परिवर्तनहरू देखिनेछन्। जकरबर्गको यो अभियानले इन्स्टाग्राम र ह्वाट्सएपमा आन्तरिक कलह निम्त्याएको द न्यूयोर्क टाइम्सको दाबी छ। गत वर्ष यी दुवै एपका संस्थापकहरूले छाड्नुको पछाडि यो पनि एउटा कारण हुन सक्ने बताइएको छ।
प्रयोगकर्ताहरूको विवरण सुरक्षा र तिनको प्रयोग लगायतका विषयमा बारम्बार आलोचित बनेपछि फेसबुकको यस्तो निर्णय आएको हो। बीबीसी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: