Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

ह्वावेइ काण्ड: चीनका लागि क्यानडेली राजदूत बर्खास्त

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका निम्ति उनका देशका राजदूतलाई बर्खास्त गरिदिएका छन्। पक्राउ परेकी ह्वावेइकी वरिष्ठ अधिकृतको अमेरिका सुपुर्दगीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएलगत्तै ती राजदूतले जागिर गुमाएका हुन्। के हो विवाद ? चीनका निम्ति क्यानडाका राजदूत जन म्याककुलमले चिनियाँ विशाल टेलिकम ह्वावेइका वरिष्ठ अधिकारीको सुपुर्दगीबारे विवादास्पद टिप्पणी गरेका थिए। प्रधानमन्त्री ट्रुडोले उनले म्याककुलमलाई पदबाट हट्न भनेको बताए। तर कारण भने खुलाएनन्। अमेरिकाको अनुरोधमा मङ्ग वान्जूलाई पक्राउ गरेयता चीनको क्यानडासँगको सम्बन्ध बिग्रिएको छ। उनीमाथि अमेरिकाले इरानसँग सम्बन्धी आर्थिक प्रतिबन्धका प्रावधान उल्लंघन गरेको आरोप लगाएको छ। तर ती आरोप उनले र ह्वावेइले अस्वीकार गरेका छन्। म्याककुलमले मङ्गलवार सार्वजनिक रूपमै अमेरिकाले गरिरहेको सुपुर्दगीको अनुरोधमा गम्भीर त्रुटी रहेको टिप्पणी गरेपछि पछिल्लो विवाद उत्पन्न भएको थियो। अर्को दिन उनले विज्ञप्ति जारी गर्दै आफूले गलत बोलेको भन्दै दुस्ख व्यक्त गरेका थिए। तर फेरि शुक्रवार उनले अमेरिकाले उक्त अनुरोध त्यागे क्यानडालाई आनन्द हुने बताएका थिए। चीन र क्यानडाबीचको सम्बन्ध बिग्रँदै गर्दा चीनले यसै महिना एक क्यानडेली पुरुषलाई मृत्युदण्ड सुनाएको छ। त्यहाँ अदालतले उनलाई यसअघि सुनाइएको १५ वर्षको कैद सजाय अपुग भन्दै त्यसो गरेको हो। अन्य दुई क्यानडेलीलाई पनि पक्राउ गरिएको छ। चीनबारे जानकारहरू भन्छन् यी पक्राउ मङ्गको पक्राउको बदलास्वरूप गरिएका हुन्। तर बेइजिङ्गले त्यसलाई अस्वीकार गरेको छ। यसबीच मङ्गको सुपुर्दगीसम्बन्धी अमेरिकाले औपचारिक निवेदन गर्न लागेको ठानिएको छ। चिनियाँ अधिकारीहरूले अमेरिकालाई त्यसो नगर्न भनिरहेका छन्। गत महिना एक क्यानडेली अदालतले मङ्गलाई जमानतमा रिहा गरिदिएको थियो । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy