Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

के मान्छेको दिसा उपचारमा प्रयोग हुनसक्छ ? एक युवतीले गरिन् आफ्नो दिसादान

३१ वर्षीया क्लोडिया क्याम्पनेला युकेको एक विश्वविद्यालयमा विद्यार्थी सहायता प्रशासकका रूपमा ‌काम गर्छिन्, तर उनी आफ्नो बचेको समयमा दिसा अर्थात् मलदान गर्ने काम गर्छिन्। \'मेरा केही साथीहरू यो उदेकलाग्दो वा घिनलाग्दो काम हो भन्ने ठान्छन्, तर मलाई त्यसको चिन्ता छैन। मलदान गर्न एकदमै सजिलो छ र म आफ्नो दिसादान गरेर चिकित्साशास्त्रको अनुसन्धानमा सघाउन चाहन्छु। र यसरी सहयोग पुर्‍याउन पाएकोमा म खुशी छु।\' उनको दिसामा फाइदाजनक किटाणुहरू रहेको पाइएको छ र त्यस्ता किटाणुहरू बिरामीहरूको आन्द्रामा प्रतिस्थापन गरेर तिनीहरूको उपचार गर्न सकिन्छ।क्लोडियालाई उनले गर्ने मलदान एकदमै उपयोगी हुनसक्छ भन्ने थाहा छ। त्यसैले उनी\'\'लदाता\'बनेकी हुन्। तर उनको दिसा (मल) मा त्यस्तो विशेष के छ त ? वैज्ञानिकहरूको अनुसार केही मानिसहरूको दिसामा आन्द्रामा लाग्ने रोगहरू निको पार्न सक्ने ब्याक्टेरियाहरू पाइन्छ। त्यस्ता मानिसहरूलाई सुपर डोनरु अर्थात् महादाता भनिएको छ। उपयुक्त दिशा हाम्रो पाचन अङ्गहरूमा करोडौँ किटाणुहरू रहेका हुन्छन्। र ती किटाणुहरूको समुदाय व्यक्तिपिच्छे फरक हुन्छ। कुनै दुईजना मानिसमा किटाणुहरूको त्यस्तो समुदाय समान हुँदैनन्। मानव मल प्रत्यारोपण उपचार चिकित्साविज्ञानको क्षेत्रमा नयाँ हो। हालसम्म प्राप्त प्रमाणका आधारमा केही मानिसहरूको दिसा वा मल उपचारका लागि सर्वोत्तम हुने सङ्केत पाइएको छ। सुपर पू भनेको के हो ? के कारणले उत्तम मलदाता निर्धारण हुन्छ र उत्तम दिसा वा मल के ले निर्धारण गर्छ छ ? माइक्रोबायोलोजीसम्बन्धी एक प्रतिष्ठित जर्नलमा प्रकाशित अकल्याण्ड विश्वविद्यालयमा मोलिक्युलर बायोलोजीविज्ञ डा। जस्टिन ओुसलिभानको अनुसन्धान प्रतिवेदन अनुसार कुनै मानिसको दिसामा जति धेरै विविधतापूर्ण सूक्ष्म किटाणुहरू पाइन्छ त्यति नै मात्रामा त्यस्तो दिसा बिरामीका लागि फाइदाजनक हुन्छ। तर अध्ययनहरूले देखाए अनुसार धेरै कुरा दाताको दिसा बिरामीको उपचारमा कतिको मेल खान्छ भन्नेमा पनि निर्भर रहन्छ। दिसामा कुन कुन ब्याक्टेरिया छन् भन्ने मात्र निर्क्योल गरेर हुँदैन। डा।ओुसलिभान भन्छन्,ूप्रशोधन गरिएको मानव मल बिरामीमा प्रत्यारोपण गर्दा झाडापखालासम्बन्धी जटिल रोग निको पार्न सकिएको देखिएको छ। त्यस्तो दिसाबाट जीवित व्याक्टेरियाहरू हटाइएको थियो। तर त्यसमा डीएनए, भाइरस र अन्य वस्तुहरू यथावत राखिएका थिए।\' हाल भइरहेको मलदान को अभ्यास धेरैजसो क्लोस्ट्रिडीअम डिफिसाइल भनिने सङ्क्रमणका कारण ठूलो आन्द्रामा हुने खतरनाक समस्याको उपचारमा प्रयोग भइरहेको छ। कुनै रोगहरूले पाचन प्रणालीका फाइदाजनक ब्याक्टेरियालाई नाश गर्छन् फाइदाजनक ब्याक्टेरिया बिरामीको शरिरमा रहेको राम्रा फाइदाजनक ब्याक्टेरिया एन्टिबायोटिक औषधिको प्रयोगका कारण मरेपछि ठूलो आन्द्रामा त्यस्तो जटिल समस्या देखा पर्ने गर्छ र धेरै कमजोर बिरामीका लागि त्यो प्राणघातक पनि हुन्छ। इपीरिअल कलेज लण्डनकी एकजना विज्ञ डा। जुली मक्डोनल्डको अनुसन्धानले देखाए अनुसार दिशा वा मानवमल प्रत्यारोपणले रोगका कारण हराएको ब्याक्टेरिया प्रतिस्थापन गरेर बिरामीको उपचारमा सघाउँछ। उनी भन्छिन्, यस्तो उपचार प्रणालीको सफलताले मानिसहरूमा दिसा वा मानवमल र मानवमल दानको विषयलाई लिएर विद्यमान घिन वा वितृष्णाको भावनालाई हटाउन मद्दत पुग्नसक्छ। र क्लोडिया मानिसहरूले दिसा वा मानवमललाई लिएर तिनीहरूमा सोचाइमा रहेको व्यवधानकारी सोचहरू हटाएको र आफै मलदाता बनेको उनी हेर्न चाहन्छिन्। उनी अब रक्तदाता पनि बन्न चाहन्छिन्।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy