Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

जनयुद्धका शहीद र बेपत्ताका परिवार नेकपाद्वारा सम्मानित

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जनयुद्धका शहीद र बेपत्ताका परिवारजनलाई सम्मान गरेको छ । चौबीसौँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान प्रदान गरिएको हो । बागलुङ नगरपालिका–३ का शहीद डिल्लीप्रसाद शर्माकी श्रीमती सरस्वती, वडा नं ७ का दीपक विकका बुबा गौरीशङ्कर, काठेखोला गाउँपालिका बिहुँका चेतराम कँडेलकी श्रीमती जमुना, पालाका रोशन थापाका भाइ प्रकाश सम्मानित भएको हो । यस्तै वडा नं १२ अमलाचौरका गणेश ढकालकी आमा प्रभा, सूर्य नेपालीकी आमा मनकुमारी, इन्द्रप्रसाद शर्माकी श्रीमती मीना, तिलक चापागाईंकी छोरी पुष्पा र वडा नं ९ की विमला किसानकी आमा दीपमायालाई सम्मान गरिएको हो । बेपत्तातर्फ वडा नं २ का सूर्यप्रसाद शर्माकी श्रीमती जशोदा, वडा नं ७ का सूर्य विककी आमा मैना, सोही ठाउँकी गोरी, प्रमिला र दिलमाया विकका छोराभाइ श्याम सम्मानित भएको हो । सम्मानित व्यक्तित्वलाई नेकपा गण्डकी प्रदेशका सचिव गोविन्द नेपाली र जिल्ला संयन्त्रका सदस्य ज्ञामनाथ गैरेले संयुक्तरुपमा दोसल्ला र अबिर प्रदान गरेका थिए । गण्डकी प्रदेशसभाका सदस्य एवं नेकपाका नेता इन्द्रलाल सापकोटाले देश बनाउन कम्युनिष्ट नेता तथा कार्यकर्ताले नयाँ अठोट लिनुपर्ने धारणा राखे । “भाषणले समाजवाद आउँदैन”, उनले भने, “हामी सबै अब उत्पादन प्रणालीमा जोडिन आवश्यक छ ।” नेकपा गण्डकी प्रदेशका सचिव नेपालीले जनयुद्ध र जनआन्दोलनको जगमा आजको परिवर्तन सम्भव भएको विचार राखे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending