Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

भेनेजुएला सङ्कटः मदुरोलाई हटाउन अमेरिकाले सेना खटाएको क्युबाको आरोप

अमेरिकाले क्यारेबियन टापुहरूमा गोप्य रूपमा आफ्ना सेना परिचालन गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गर्ने तयारी थालेको आरोप क्युबाले लगाएको छ। क्युबाका अनुसार गत साता क्यारेबियन क्षेत्रमा रहेका प्योर्तो रिको, डोमिनिकन रिपब्लिक र अन्य रणनीतिक स्थानहरूमा अमेरिकी सैन्य विमानहरू ओर्लेका थिए। अमेरिका भेनेजुएलाका विपक्षी नेता हुवान गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने ५० भन्दा बढी राष्ट्रहरूमध्ये एक हो। अमेरिकाले क्युबाले लगाएको आरोपबारे कुनै प्रतिक्रिया दिइसकेको छैन। ह्युगो चाभेजको शासनकालमा भेनेजुएला र क्युबाबीच बलियो सम्बन्ध स्थापित भएको थियो। उनले क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोसँग घनिष्ठ सम्बन्ध बनाएका थिए। क्युबा- भेनेजुएला सम्बन्ध -सन् १९९१ मा सोभियत सङ्घ विघटन हुँदा क्युबा ठूलो समस्यामा परेको थियो, त्यहाँ खाद्यान्न र इन्धनको सङ्कट भएको थियो। त्यो परिस्थितिमा ह्युगो चाभेजले क्युबालाई सघाएका थिए । -क्युबाले आफूलाई चाहिने दुईतिहाइ इन्धन भेनेजुएलाबाट प्राप्त गरेको थियो र त्यसबाटै चिकित्सक र सैनिक सल्लाहकारहरूको पारिश्रमिक दिइएको थियो । -चाभेजले क्युबा र भेनेजुएलामा एउटै सरकार रहेको बताउने गरेका थिए । -क्यान्सरबाट पीडित चाभेजले आफ्नो सम्पूर्ण उपचार क्युबामा गराएका थिए । चाभेज र क्यास्ट्रोबीच घनिष्ठ सम्बन्ध थियो बीबीसीकी वाशिंगटनस्थित सम्वाददाता बार्बरा प्लेट-अशर भन्छिन्, \'भेनेजुएलाका लागि अमेरिकी विशेष दूतलाई यस विषयमा प्रश्न सोधिएको थियो।तर उनले त्यो आरोप मिथ्या रहेको बताएका थिए।\' \'अघिल्लो साता पनि भेनेजुएलामा सैन्य हस्तक्षेपको सम्भावनाबारे सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले त्यहाँ मानवीय सहायता लैजाने र राजनीतिक तथा कूटनीतिक दबाव दिने अमेरिकी नीति भएको बताएका थिए।\' यसैबीच काराकासमा भेनेजुएलाका महान्यायाधिवक्ता तारेक साबले सरकारी तेल कम्पनीमा नयाँ बोर्ड गठन गर्ने विपक्षी नेता गुआइदोको कदमको छानबिन सुरु गरेका छन्। के हो भेनेजुएलाको सङ्कट ? चरम आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलामा राजनीतिक सङ्कट पनि थपिएको छ। केही साताअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले हुवान गुएइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएपछि त्यहाँको राजनीतिक सङ्कट झन् जटिल बनेको हो। चाभेजको मृत्युपछि राष्ट्रपति निर्वाचित मदुरोको यो दोस्रो कार्यकाल हो। तर उनको नेतृत्वमा भेनेजुएलाको अर्थतन्त्र धराशायीजस्तै हुन पुगेको छ। चर्को मुद्रास्फीति, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या हुन्। राष्ट्रपति मदुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका थिए। भेनेजुएलाका सैन्य फौजले मदुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका छन्। अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले हुवान गुआइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका छन् ।  भेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि राष्ट्रिय सभाका प्रमुख गुआइदोले आफूलाई निमित्त नेता घोषणा गरेका हुन्। मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसका मित्रशक्तिको कडा आलोचना गरेका छन्। विदेशीको चलखेल गराएर गुआइदोले आफ्नो सत्ता हत्याउन खोजेको आरोप उनले लगाएका छन्। पछिल्लो घटनाक्रमका कारण देशमा गृहयुद्ध हुन सक्ने चेतावनी उनले दिने गरेका छन्।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy