Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

काश्मिरमा आक्रमणः कम्तीमा ३७ जना सैनिकको मृत्यु

नयाँ दिल्ली। भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ३७ जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो । श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ । करिब २५ सय अर्धसैनिकहरु लिएर गइरेहको ७८ ओटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो । यद्यपी भारतीय समाचार संस्था पीटीआईले उक्त आक्रमणमा परी कम्तीमा ३९ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ । तर अन्य प्रेसले यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या ४० पुगेको जानकारी दिएको छ । मारिएका केही व्यक्तिहरुको शवको परिचय पनि खुल्न नसकेको हुनाले यसको लागि केही समय लाग्ने पिटिआईले जानकारी दिएको छ । आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भए पनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको छ । यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई वर्षमा भएको सबैभन्दा ठूलो आक्रमण हो । भारतको काश्मिरमा करिबपाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण प्राय अशान्त रहँदै आएको छ । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending